
जनकपुरधाम : आज भएको राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा नेकपाकी तुलसा दहाल विजय भएकी छिन्। राजपा-नेकपा गठबन्धनबाट निर्वाचनमा उत्रिएकी दहाल ४६८ मतभारसहित विजय भएकी हुन्।
दाहालसँग महिलातर्फ कांग्रेसकी नागिना कुमारी यादवलाई पराजित भएन्।
त्यस्तै प्रदेश २ मा नेकपाबाट दलित तर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ। त्यस्तै नेकपासँग तालमेल गरेको राजपाले अपाङगता/अल्पसंख्यकको कोटामा वरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंह र अन्यमा अर्का वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंहलाई उम्मेदवार बनाएको छ।