जनकपुरधाम : आज भएको राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा दलिततर्फ नेकपाका राधेश्याम पासवान विजय भएका छन्। राजपा-नेकपा गठबन्धनबाट निर्वाचनमा उत्रिएका पासवान ५२९२ मतभारसहित विजय भएका हुन्।
राधेश्याम पासवानसँग समाजवादी पार्टीका रामपृत पासवान पराजित भए। रामपृतको मतभार ४७०४ रहेको छ। ५८८ मतान्तरसहित राधेश्याम पासवान विजयी भएका हुन्।
राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा र राजपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टीले चुनावी तालमेल गरेका थिए।