PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

राष्ट्रिय सभा निर्वाचन : प्रदेश नम्बर २ नेकपा-राजपा गठबन्धनको कब्जामा



सुमित मिश्र

राष्ट्रिय सभा निर्वाचन : प्रदेश नम्बर २ नेकपा-राजपा गठबन्धनको कब्जामा
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा नेकपा-राजपा गठबन्धनबाट विजयी उम्मेद्वारहरु।

जनकपुरधाम : प्रदेश नम्बर २ मा आज भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनको प्यानल नै विजय भएको छ। निर्वाचनमा नेकपा-राजपा गठबन्धनका उम्मेद्वारहरुले प्रदेश दुईका चारवटै सिटमा विजयी हासिल गरेका हुन्।

नेकपा-राजपा गठबन्धनअन्तर्गत अन्यतर्फ राजपाबाट मृगेन्द सिंह, महिलातर्फ नेकपाबाट तुलसा दहाल, दलिततर्फ नेकपाबाटै राधेश्याम पासवान र अल्पसंख्यकतर्फ राजपाबाट उम्मेद्वार बनेका शेखर सिंह विजयी भएका हुन्।

नेकपाका दलित उम्मेद्वार राधेश्याम पासवानले समाजवादी पार्टीका रामपृत पासवानलाई पराजित गरे। नेकपाका राधेश्यामले ५ हजार २ सय ९२ मतभार ल्याएका छन् भने समाजवादीका रामपृतले ४ हजार ७ सय ४ मतभार ल्याए।

त्यस्तै राजपाबाट खुल्लातर्फ उम्मेदवारी दिएका मृगेन्द्र सिंहले आफ्नै भाई समाजवादी पार्टीका उम्मेद्वार अनिरुद्ध सिंहलाई पराजित गरे। राजपाका उम्मेदवार मृगेन्द्रले ५ हजार ४ सय मतभार ल्याएका छन् भने अनिरुद्धले ४ हजार ५ सय १२ मतभार ल्याएका छन्।

यसैगरी नेकपाबाट महिलातर्फ उम्मेद्वार बनेकी तुलसा दाहाल विजयी भइन्। दाहालले नेपाली कांग्रेसकी नगिना यादवलाई पराजित गरिन्। दाहालले कुल ५ हजार २ सय ८ मतभार प्राप्त गर्दा कांग्रेसकी यादवले ४ हजार ६ सय ४० मतभार प्राप्त गरिन्।

नेकपा राजपा गठबन्धनबाट अल्पसंख्यक कोटामा उम्मेद्वारी दिएका शेखर सिंह पनि विजयी भए। उनले कांग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट उम्मेद्वारी दिएका भोला पजियारलाई पराजित गरेका हुन्। सिंहले ५ हजार ५ सय २ मतभार ल्याएका छन् भने पजियारले ४ हजार ५ सय १२ मतभार ल्याए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell