PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विश्वकप पुग्ने रोडम्याप : त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा, सोमपाल कामी नखेल्ने



विश्वकप पुग्ने रोडम्याप :  त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा, सोमपाल कामी नखेल्ने

काठमाडौं : नेपाल, अमेरिका र ओमनबीच यही माघ २२ गतेबाट त्रिकोणात्मक एकदिवसीय सिरिज हुँदैछ।  काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने खेलका लागि नेपाली टोलीको घोषणा भएको छ।

१४ सदस्यीय नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन्। आइसिसी वर्ल्डकप लिग २ अन्तर्गत नेपालले ओमन र अमेरिकासँग हुने खेलमा नियमित खेलाडी सोमपाल कामीलाई समावेश गरेको छैन।  उनी चोटका कारण सिरिजमा सहभागी नहुने बताइएको छ।

ओमन र अमेरिकाले भने यसअघि नै टोलीको घोषणा गरिसकेका छन्। दुवै टोलिले लिग २ को अघिल्लो सिरिजका टिममा परिवर्तन गरेका छैनन्।

सौरभ नेत्रभाल्करको कप्तानीमा अमेरिकी टिमको घोषणा भएको छ। अमेरिकी टिमले भारतको मुम्बई क्रिकेट एसोसिएसनसँग ३ खेल खेलेर नेपाल आउने तयारीमा छ।

त्यस्तै जेसन मक्सुदको कप्तानीमा ओमनले टिमको घोषणा गरेको गरिसकेको छ।

के हो वर्ल्डकप लिग २?

‘वर्ल्डकप लिग २’ विश्वकप पुग्ने रोडम्याप हो। यसअन्तर्गत नेपालले पहिलो त्रिकोणात्मक सिरिज आयोजना गर्दैछ। सिरिज खेल्न अमेरिका र ओमन नेपाल आउँदैछन्। यी दुई टोलीले यसअघि नै वर्ल्डकप लिगका खेलहरु खेलिसकेका छन् भने नेपालले पहिलो खेल खेल्न गइरहेको छ।

लिग-२ मा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमन, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्। नेपाल बाहेकका अरु देशहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन्।

अहिलेसम्म अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ। ८ खेल खेलेको अमेरिकाले ६ खेलमा जित निकाल्दै १२ अंक हात पारेको छ। त्यस्तै स्कटल्यान्डको ९ अंक, नामिबियाको ८ अंक, ओमनको ८ अंक, युएईको ७ अंक र पपुवा न्यूगिनी र नेपाल अंकविहीन छ।

यो लिग अढाइ वर्षे लिग हो। जसमा यी सातवटा टिमले प्रतिस्पर्धा गर्नेछन् जो विश्वकप भन्दा दुई स्टेप टाढा छन्। प्रत्येक टिमले ३६ वटा खेल खेल्नेछन्। सन् २०१९ को अगस्टबाट शुरु भएको खेल श्रृंखला २०२२ को जनवरीसम्म चल्नेछ। यो बीचमा १२६ वटा खेलहरु हुनेछन्।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनास बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहितकुमार पौडेल, शरद भेषवाकर र ललितनारायण राजबंशी

वैकल्पिक खेलाडी: पवन सर्राफ, सुवास खकुरेल, सुन्दिप जोरा, किशोर महतो

अफिसियल:

म्यानेजर: ऋषिराम गौतम, हेडकोच: उमेश पटवाल, कोच: जगत टमाटा, एसिस्टेन्ट कोच: बसन्त शाही, फिजियो: विक्रम न्यौपाने, एनालिस्ट: रमन शिवाकोटी

ओमन टोली

जिसान मक्सुद (कप्तान), अक्विब इलियास, जतिन्दर सिंह, खवार अली, सानुथ इब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौद, मुहम्मद नदिम, जय ओडेड्रा, बादल सिंह, अहमेद फैज बट, कलीमुल्लाह,बिलाल खान

अमेरिकी टोली

सौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, इयन हल्याण्ड, अक्षय होमराज, एलमोर हुटचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनान्क पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन

त्रिकोणात्मक सिरिजको खेल तालिका अनुसार माघ २२ गते नेपालले ओमनको सामना गर्नेछ भने माघ २३ गते ओमन र अमेरिकाबीच खेल हुनेछ। यस्तै, माघ २५ गते नेपाल र अमेरिका भिड्दा माघ २६ गते भने नेपालले ओमनसँग प्रतिस्पर्धा गर्नेछ।

माघ २८ गते अमेरिका र ओमन र माघ २९ गते नेपाल र अमेरिकाबीच खेल हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell