PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

नागरिकता कानूनमा विभाजित बलिउड, अनुपम खेर र नसीरुद्दीनबीच वाक युद्ध



नागरिकता कानूनमा विभाजित बलिउड, अनुपम खेर र नसीरुद्दीनबीच वाक युद्ध
फोटो : GETTY IMAGES

भारत सरकारले नागरिकता संशोधन विधेयक (सीएए) राजपत्रमा प्रकाशित गरेसँगै राज्यहरुमा त्यसको कार्यान्वयन शुरु भएको छ। विधेयकमार्फत् दक्षिण एसियाली राष्ट्रहरु पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट उत्पीडनमा परेर भारत प्रवेश गरेका गैर मुसलमानहरुले सहजै नागरिकता पाउने प्रावधानसहितको कानून लागू भइसकेको छ।

भारतमा नयाँ नागरिकता कानून लागू भइसकेपनि यसको पक्ष र विपक्षमा आवाजहरु उठिरहेका छन्। नागरिक समाज, विद्यार्थी, वकिल र राजनीतिक पार्टी सबै यस कानूनलाई लिएर विभाजित छन्।

नागरिकता कानूनले सबैभन्दा विभाजन भने बलिउडमा देखिएको छ। कानूनको पक्षमा रहेकालाई देशभक्त र नभएकालाई देशद्रोहीसम्म भन्न थालिएको छ। यसैबीच नागरिक कानूनकै विषयमा लिइएको एक अन्तर्वातालाई लिएर अभिनेता नसीरुद्दीन शाह र अनुपम खेरबीच अहिले वाक युद्ध नै छेडिएको छ।

शाहले उक्त अन्तर्वातामा खेरलाई 'चापलूस' र 'जोकर' भनेपछि दुवैबीच विवाद उत्पन्न भएको हो।

'द वायर' सँगको अन्तर्वातामा शाहलाई नागरिकता विधेयक र देशको वर्तमान अवस्था बारे प्रश्न सोधिएको थियो। देशको विभाजन हुन सक्ने विषय र सरकारको नीतिहरु समर्थन बलिउडका कलाकारहरु उभिएको प्रश्नमा उनले आफू ट्वीटरमा नरहेको तर ट्वीटरमा धेरै बोल्ने मानिसले आफूले के कुरामा विश्वास गर्छन् भन्नेबारे आफै जान्नु पर्ने बताएका थिए।

अनुपमको नाम लिँदै उनले भने,'  ट्वीटरमा बोल्ने मानिसमा अनुपम खेर जस्तो मानिस पनि छन्। मलाई लाग्छ उनलाई गम्भीरतापूर्वत लिन हँदैन।  उनी जोकर हुन्। उनका एनएसडी र एफटीटीआइका साथीहरुले उनी कति चापलुसी गर्छन् भनेर भन्ने सक्छन्। त्यो उनको रगतमा नै छ। यसमा उनी केही गर्न सक्दैनन्।'

 

अनुपम नागरिकता विधेयकको समर्थनमा छन्। त्यसलैले शाहले नागरिकता विधेयकको विरोध गरिरहेकाहरुको विरोध गर्ने अनुपम आफैले के गर्न खोजिरहेको हो महसुस गर्ने पर्ने भन्दै भने,'हामीलाई हाम्रो जिम्मेदारी थाहा छ। उनले भनिरहनु पर्दैन।'  

शाहको आरोपपछि भारतीय जनता पार्टीका समर्थकहरु उनी विरुद्ध उत्रन थालेका छन्। अनुपम भाजपा निकट मानिन्छन् भने उनकी श्रीमती किरण खेर भाजपा सांसद हुन्।

खेर आफूमाथि आरोप लागेपछि ट्वीट गर्दै भने,' जनाब नसीरुद्दीन साहबलाई मायाले भरिएको सन्देश। उमेर र अनुभवका आधारमा म जहिल्यै उनको कलाको इज्जत गर्दै आएको छु र गरिरहनेछु। तर कहिलेकाँही भने केही कुराको उत्तर दिनुपर्छ। यो मेरो उत्तर हो।'

उक्त भिडियो ट्वीटमा खेरले शाहलाई 'कुंठित' भनेर सम्बोधन गरेका थिए। शाहले आफूलाई एक अन्तर्वातामा जोकर भनेर र गम्भीर रुपमा लिन नहुने भनेको उल्लेख गर्दै अनुपमले आफूले उनको कुरालाई गम्भीरता पूर्वक नलिएको बताएका थिए।

आफूले शाहको कहिलै अपमान नगरेको भन्दै अनुपमले भनेका छन्,' तपाईले यति धेरै सफता पाएपनि आफ्नो जीवन कुंठामा बिताउनुभयो। यदि तपाई दिलीप कुमार, अमिताभ बच्चन, शाहरुख खान , विराट कोहलीको आलोचना गर्न सक्नुहुन्छ भने मलाई विश्वास छ म ठूला मानिसको सूचीमा परें। उनीहरु कसैले पनि तपाईको कुरालाई गम्भीरता पूर्वक लिएनन्।'

अनुपमले आफ्नो बारेमा नकारात्मक भनेर शाह केही दिन चर्चामा आउने भएकाले आफू खुशी रहेको टिप्पणी समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell