PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

पंगा ग‍र्ल कंगनालाई पद्मश्री, करण जोहर, एकता कपुर र अदनान सामी पनि सम्मानित



पंगा ग‍र्ल कंगनालाई पद्मश्री, करण जोहर, एकता कपुर र अदनान सामी पनि सम्मानित
फोटो : OBN

भारतले आज ७१ औं गणतन्त्र दिवस मनाउँदैछ। यसैबीच भारतमा विभिन्न क्षेत्रमा काम गरेकाहरुलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ।

भारत सरकारले बलिउड अभिनेत्री कंगना रनावत, निर्देशन एवंम निर्माता करण जोहर, निर्माता एकता कपुर र गायक अदनान सामीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गर्ने भएको छ। हाल कंगनाको पंगा फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। जोहर नयाँ फिल्मको तयारीमा छन् भने एकता टिभी सिरियलसँगै वेभ सिरिज निर्माणमा व्यस्त छन्। प्रसिद्ध गायक सामीले भने सन् २०१६ मा भारतीय नागरिकता पाएका थिए। 

उनीहरुलाई आफ्नो कलाकारिता क्षेत्रबाट पुर्‍याएको योगदानको सम्मानमा यो पुरस्कार दिइएको हो।

पद्मश्रीबाट सम्मानित सबै कलाकारहरुले आफूले निकै गर्व भएको बताएका छन्। पद्मश्री भारत सरकारले भारतीय नागरिकलाई दिने सर्वोच्च सम्मान हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell