जनकपुरधाम : नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन्। पत्रकार कुटपिट घटनामा जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठकबाट दुई साताअघि भएको सहमति कार्यान्वयन नभएपछि अध्यक्ष मिश्रले आइतवार किटानी जाहेरी दिएका हुन्।
पुस २२ गते जानकी मन्दिरको फुलबारी अतिक्रमणका विषयमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरु माथि मेयर साहको कार्यकक्षमा दुर्व्यवहार, कुटपिट तथा संचार सामग्री खोसिएको थियो। यसै घटनालाई लिएर जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता मिश्रको पहलमा शुक्रवार भएको दुई पक्षीय वार्ता पनि असफल भएको थियो।
दुर्व्यवहार तथा कुटपिटमा परेका पत्रकारहरु भने आ–आफ्नो तरिकाले मुद्दा दर्ता गराउने तयारी थालेका छन्।