PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

जम्बियामा नेपाल भ्रणम वर्षको प्रचार



जम्बियामा नेपाल भ्रणम वर्षको प्रचार

जाम्बिया : जाम्बियामा नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको भव्य रुपमा उद्घाटन गरिएको छ। नेपाली दुतावास दक्षिण अफ्रिका र एनआरएनए जाम्बियाको आयोजनामा जाम्बियाको राजधानी लुसाकामा एक भब्य कार्यक्रमकाबिच नेपाल भ्रमण वर्ष २०२० को जानकारीमूलक कार्यक्रमको आयोजना गरिएको हो।

नेपालको पर्यटकिय स्थलको जानकारी दिने हेतुले वृत्तचित्र, नेपाली हस्तकलाका सामाग्रीको प्रदर्शनका साथै नेपालको पर्यटन सम्बन्धमा जानकारीसहितको मन्तब्य र अन्तर्रक्रियासमेत गरिएको उक्त कार्यक्रमको समुदघाटन दक्षिण अफ्रिकाका लागि नेपालका कार्यबाहक राजदूत घनश्याम लम्सालले गरेका थिए। उनले नेपाल पर्यटन बर्षको बारेमा जानकारी दिदै नेपाल भ्रमण गर्न उपस्थित पाहुनाहरुलाई आग्रह गरे। 

त्यसै गरी एनआरएनए जाम्बियाका पूर्व अध्यक्ष एबम सल्लाहकार डा. बिशाल उप्रेतीले नेपालका आकर्षक पर्यटनस्थलका बारेमा जानकारी दिए। एनआरएनए जाम्बियाका अध्यक्ष प्रमोद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, एनआरएनए जाम्बियाका संस्थापक अध्यक्ष र संरक्षक बिदुर खनालले अफ्रिका स्थित कुटनैतिक, युएनसेवा,गैरसरकारी संस्था, प्रवासी समुदाय र अफ़्रिकन मित्रहरूलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell