PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

‘कोरोना आउटब्रेक इपिसेन्टर’मा चिनियाँ प्रधानमन्त्री ली, ‘बिरामीको जीवन जोगाउनुस् आफ्नो पनि ख्याल गर्नुस्’



‘कोरोना आउटब्रेक इपिसेन्टर’मा चिनियाँ प्रधानमन्त्री ली, ‘बिरामीको जीवन जोगाउनुस् आफ्नो पनि ख्याल गर्नुस्’
फोटो : scmp.com

चिनियाँ प्रधानमन्त्री ली ख्छ्याङ कोरोना भाइरसले ग्रस्त क्षेत्र वुहान पुगेका छन्। स्वास्थ्य अधिकारीहरुले प्राणघातक रोग नयाँ संक्रमणसहित फैलिरहेको चेतावनी दिइरहेका बेला सोमवार प्रधानमन्त्री ख्छ्याङ कोरोना भाइरसको ‘आउटब्रेक इपिसेन्टर’ हुवेयी प्रान्तको राजधानी वुहान पुगेका हुन्।

चीन सरकारले सोमवार जारी गरेको वक्तव्यमा प्रधानमन्त्री ली नेतृत्वको टोलीले त्यहाँका चिकित्सक तथा बिरामीहरुसँग भेट गरेका छन्।

‘तपाईँहरु जीवन बचाउनका लागि हरेक प्रयासहरु गरिरहनु भएको छ। तपाईँहरुले बिरामीको जीवन जोगाउँदै गर्दा आफ्नो जीवनको पनि ख्याल गर्नुहोला,’  कोरोना भाइरस उपचारका लागि निर्धारित जिनयीनथान अस्पतालका चिकित्सकहरुलाई प्रधानमन्त्री लीले सुझाव दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमवार बिहान जारी गरेको तथ्यांकअनुसार आइतवारसम्म ८० जनाको ज्यान गइसकेको छ। त्यस्तै २ हजार ७४४ जना संक्रमित भएका छन्। आइतवारमात्र ७६९ विरामीमा कोरोना भाइरसका शंकास्पद विरामीहरु दर्ता भएको तथ्यांकमा उल्लेख छ।

आइतवार मात्र बसेको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको लिडिङ समूहको बैठकले वुहानमा केन्द्रबाट निर्देशन सहित टोली पठाउने निर्णय गरेको थियो।

यसैबीच चीन सरकारले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै नयाँ वर्षका लागि दिइएको बिदा थप गरेको छ। बिदा जनवरी ३० मा सकिँदै थियो। बिदा फेब्रुअरी २ सम्म थप गरिएको सिन्ह्वाले जनाएको छ।

बैठकले यातायातलाई व्यवस्थित गराउन ग्रिन प्यासेज खुला गर्ने निर्णय गरेको थियो। त्यस्तै बैठकले कोरोना भाइरस नियन्त्रणका लागि बनाउन लागिएको अस्पताल निर्माणलाई तिब्रता दिने निर्णयसमेत गरेको छ।

त्यस्तै बैठकले ग्रामीण इलाकाबाट शहरी क्षेत्रमा आवातजावतमा रोक लगाउने निर्णयसमेत गरेको छ। त्यस्तै ग्रामिण क्षेत्रमा भाइरसको नियन्त्रणका लागि क्षमता अभिवृद्धि गर्ने निर्णयसमेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell