PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

थ्री स्टारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र



थ्री स्टारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र
मछिन्द्र क्लबका खेलाडीहरु। फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगको आज भएको दोस्रो खेलमा मछिन्द्र क्लबले थ्री स्टार क्लबमाथि जित निकाकेको छ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले उपाधि दाबेदार मानिएको थ्री स्टारलाई २-० ले पराजित गरेको हो। पहिलो हाफमा १ गोलले अगाडि रहेको मछिन्द्रले दोस्रो हाफमा अर्को गोल थपेको हो।

खेलको ३८ औँ मिनेटमा रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। त्यसपछि पनि दुवै टिमले पटकपटक गोलको अवसरहरु बनाएका थिए।

दोस्रो हाफमा विशाल राइले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए। उनले खेलको ९० औँ मिनेटमा सुजल श्रेष्ठको पासमा गोल गरे।

जितसँगै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्र १९ अंकसहित शीर्ष स्थानमा रहँदा आर्मी १७ अंकसहित दोश्रो स्थानमा छ। त्यस्तै मनाङ १६ अंकसहित तेस्रोमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell