PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

प्रदेश २ को सरकार र मन्त्री केहि पनि फेरिदैन : मुख्यमन्त्री राउत



सुमित मिश्र

प्रदेश २ को सरकार र मन्त्री केहि पनि फेरिदैन : मुख्यमन्त्री राउत
नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश नम्बर २ को प्रथम वार्षिकोत्सव सभामा बोल्दै मुख्यमन्त्री लालबाबु राउत।

जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री मो लालबाबु राउत गद्दिले मधेश आन्दोलनको म्यान्डेट अनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको सरकार पुरै ५ वर्षसम्म चल्ने दावी गरेका छन्।

नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश नम्बर २ को प्रथम वार्षिकोत्सव सभामा मुख्यमन्त्री राउतले केहीदिन अघि प्रदेश २ सरकारका मन्त्री फेरिने संचार माध्यमहरुमा आएका समाचारहरु हल्ला र गलत अपवाह मात्र भएको बताएका छन्। प्रदेश २ को सरकारमा समाजवादी र राजपा रहेको र दुवै पार्टीबीच मन्त्री फेरिने कुनै छलफल नभएको राउतले बताए।

मुख्यमन्त्री राउतले भने, ‘हल्लाको पछाडि नलाग्नुस, यो सरकार मधेशी जनताको म्यान्डेटले बनेको हो, पाँच वर्ष सम्म चल्छ। न सरकार फेरिन्छ, न मन्त्री नै।’

संघीयतालाई नरुचाउने प्रतिक्रियावादी शक्तिहरु समाजवादी र राजपाबीच फुट ल्याएर संघीयतालाई नै सखाप पार्ने षड्यन्त्र गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले दुवै दलका शीर्ष नेताहरुले चयन गरेको मन्त्री फेर्ने काम नहुने स्पष्ट पारे।

यो सरकार सिक्ने क्रममा रहेको र कर्मचारी तन्त्रबाट पूर्ण सहयोग पाउन नसकेको अवस्थामा केही समस्याहरु आएको स्वीकार गर्दै उनले मुलुकको संघीयता जोगाउने अभिभारा प्रदेश नम्बर २ माथि नै रहेकाले आफूहरु झिना मसिना कुरामा नअल्झिने समेत स्पष्ट पारे।

मुख्यमन्त्री राउतले गत आर्थिक वर्षको भुक्तानी गर्न कानुनले समस्याहरु आएकोले ढिलो हुन गए पनि अबको केही दिनमै नियमावली बनाएर भुक्तानी दिने तयारी शुरु भइसकेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell