PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आप्रवासीप्रति अनुदार ट्रम्पको नीति कार्यान्वयनको बाटोमा, अमेरिकी सर्वोच्च अदालतले दियो स्वीकृति



आप्रवासीप्रति अनुदार ट्रम्पको नीति कार्यान्वयनको बाटोमा, अमेरिकी सर्वोच्च अदालतले दियो स्वीकृति
फोटो : nilefm.com

अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आप्रवासीलाई अमेरिकामा बसोबासको स्थायी अधिकार नदिने नीति लागु गर्न स्वीकृति दिएको छ। अदालतको यस फैसलासँगै ट्रम्पले आफू अनुकुल आप्रवासी नीति बनाउने बाटो खुल्ला भएको छ।

यसअघि अमेरिकाको तल्लो अदालतको ट्रम्पको आप्रवासी नीति कार्यान्वयन नगर्न आदेश दिएको थियो। सर्वोच्चमा भने तल्लो अदालतको आदेशको पक्षमा चार न्यायाधीश र विपक्षमा पाँच न्यायाधीशले मत दिएका थिए।

सर्वोच्चको फैसलासँगै भविष्यमा सरकारी सहायता आवश्यक पर्ने सम्भावना देखिए प्रशासनले स्थायी बसोबसा माग गर्ने निवेदनको प्रस्ताव अस्वीकार गर्न सक्नेछ।

२०२० को अन्तिमतिर हुने राष्ट्रपति निर्वाचनमा यस फैसलाले असर गर्ने अनुमान गरिएको छ। ट्रम्पले आफू राष्ट्रपति बन्नु अघिदेखि नै आप्रवासीप्रति कडा नीति ल्याउने बताउँदै आएका थिए।

ट्रम्पले दक्षिणी सीमा खुल्ला भएको र आप्रवासीहरुको गैर कानूनी प्रवेशका कारण अमेरिकामा संकट उत्पन्न भएको भन्दै पर्खाल बनाउने अडान लिँदै आएका छन्। गैर कानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी र तस्करहरुका कारण अमेरिकामा संकट आएको भन्दै अमेरिकाको दक्षिणी क्षेत्रमा मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउनुपर्ने अडान लिँदै आएका छन्।

ट्रम्प प्रशासनले गैर कानुनी रुपमा अमेरिका प्रवेश गर्नेलाई मान्यता नदिने भन्दै सीमामा थप सुरक्षाकर्मी परिचालन गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell