PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेसलाई बाबुरामको प्रश्न : मेलमिलापका नाममा मागेर खाने?  



कांग्रेसलाई बाबुरामको प्रश्न : मेलमिलापका नाममा मागेर खाने?  

काठमाडौं : समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिनिधि सभाको सभामुख कार्यकारी प्रधानमन्त्रीको पदभन्दा पछि परेको बताएका छन्।

आज सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै भट्टराईले यस्ता कदमले लोकतन्त्रको गरिमालाइ नै कम गरेको दाबी गरे। 

डा भट्टराइले भने,'हुन त यो ठुलो कुरो होइन। तर मर्यादाक्रममा पहिलो राष्ट्रपति र त्यसपछि सभामुख हुनपर्छ। तर बिडम्बना हाम्रोमा कार्यकारी दोस्रोमा र सभामुख तल पर्‍यो।'

उनले कांग्रेसलाई व्यङ्ग्य गर्दै मेलमिलापको नाममा मागेर नखानसमेत आग्रह गरे। भट्टराईले भने, 'प्रतिपक्षले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ। मेलमिलापको नाममा मागेर खानुहुँदैन।'

एमसीसीमा पार्टीको गुटको गन्धमा आएको उनको दाबी थियो। भने, 'एमसीसीमा कुनै पार्टीको गुटको गन्ध आएको छ। यो ठीक छैन।'

त्यसैगरी उनले टीकापुर घटना राजनीतिक घटनाका रुपमा लिनुपर्ने धारणा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell