PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारले हरेक कानुनहरु गलत मनसायका साथ ल्याएको छ : वरिष्ठ नेता पौडेल



सरकारले हरेक कानुनहरु गलत मनसायका साथ ल्याएको छ : वरिष्ठ नेता पौडेल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल। (फाइल फोटो)

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले हरेक कानुनहरु गलत मनसायका साथ ल्याएको बताएका छन्।

नेपाल प्रेस युनियनले गरेको लोकतन्त्रको सुदृढिकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। अझै पनि नेपालमा लोकतन्त्रका लागि अनुकुल वातावरण नभएको उल्लेख गर्दै नेता पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिबाट लोकतन्त्रलाई बचाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए।

नेकपाले एकदलिय निरङ्कुसता तर्फ अगाडी बढ्ने आदर्शका साथ अगाडी बढेको भएपनि जनताको बहुदलसँग जोडेर आफूलाई जनवादसँग जोड्न लागेको आरोप लगाए। सरकारलाई संविधानले दिएको अधिकारलाई कुण्ठित गर्न पाईंदैन भन्ने अवस्था संविधानले ल्याएको उनले बताए।

पौडेलले प्रेस स्वतन्त्रताका लागि जे गर्नुपर्ने भएपनि आफ्नो सधैँ सहयोग हुने प्रतिवद्धता जनाए। उनले नेपाली कांग्रेस भित्र अझै पनि धेरै कुराहरु मिलाउनुपर्ने आवश्यकता रहेको औँल्याए। कांग्रेसलाई जोगाएर जनताले विश्वास गर्ने अवस्थामा पुर्‍याउन विधि र पद्धति अनुसार अघि बढ्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell