PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

मध्यपूर्वमा शान्तिका लागि ट्रम्पद्वारा नयाँ योजना सार्वजनिक, प्यालेस्टाइन भन्छ, ‘जेरुसलम बिक्रीमा छैन’



मध्यपूर्वमा शान्तिका लागि ट्रम्पद्वारा नयाँ योजना सार्वजनिक, प्यालेस्टाइन भन्छ, ‘जेरुसलम बिक्रीमा छैन’
फोटो : independent.co.uk

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका लागि नयाँ शान्‍ति योजना सार्वजनिक गरेका छन्। नयाँ योजना अन्तर्गत जेरुसलेमलाई इजरेलको अविभाजित राजधानी कायम गर्ने ट्रम्पले घोषणा गरेका छन्।

वासिङ्टनस्थित ह्वाइट हाउसमा इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्‍याहुको उपस्थितिमा सार्वजनिक गरिएको योजनमा वेस्ट ब्याङ्कमा इजरेलको सार्वभौमिक्ता कायम गर्ने प्रस्ताव गरिएको छ। साथै, प्यालेस्टाइनलाईनलाई स्वतन्त्र राज्य  बनाउने प्रस्तावसमेत गरिएको छ।

ट्रम्पले आफूले सार्वजनिक गरेको योजना प्यालेस्टाइनका लागि अन्तिम मौका रहेको भन्दै यसबाट प्यालेस्टाइनीहरुको स्वतन्त्र राज्य स्थापना गर्ने सपना पूरा हुने ऐतिहासिक अवसर भएको बताए।

यता, प्यालेस्टाइनले भने ट्रम्पको प्रस्ताव अस्वीकार गरेको छ। उक्त योजनालाई 'षड्यन्त्र' भन्दै प्यालेस्टाइनी प्रधानमन्त्री महमुद अब्बासले जेरुसलेम बिक्रिमा नरहेको बताएका हुन्।  लामो समयदेखि इजरालय र प्यालेस्टाइनबीच जेरुसलमको विषयलाई लिएर विवाद हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell