PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘निफ’ मा हलिउड निर्माताको डिजिटल स्ट्रिमिङ वर्कसप



‘निफ’ मा हलिउड निर्माताको डिजिटल स्ट्रिमिङ वर्कसप

काठमाडौं :  फागुन १ गतेदेखि ५ गतेसम्म काठमाडौंको राष्ट्रिय सभागृहमा तेस्रो 'नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल' (निफ) आयोजना हुँदैछ।

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा हुन लागेको पाँच दिने महोत्सवमा हलिउड फिल्ममेकरले डिजिटल स्ट्रिमिङ सम्बन्धी वर्कसप दिने भएका छन्। ‘फिल्ममेकिङ इन एन एज अफ स्ट्रिमिङ’ शीर्षकमा हुने वर्कसपमा हलिउडसँगै नेपालका फिल्ममेकरले पनि आफ्नो अनुभव सेयर गर्नेछन्।

फिल्म फेस्टिभलका निर्देशक केपी पाठकले हलिउडबाट ल्यारी ‘कासानोफ’, ‘ज्याक स्टेन्ज’ र ‘जोयलोन होफ’ आउने पक्का भएको बताए। ल्यारी कोफले हलिउडमा ट्रु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता फिल्म निर्माण गरेका छन् भने लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेन फस्ट क्लास, थोर, कोडी ब्यांक्स आदि फिल्म निर्माण गरेका छन्। जोयलोन होफ भने नेटफ्ल्क्सि, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभको रुपमा काम गरेका व्यक्ति हुन्।

वर्कसपमा ज्याक स्टेन्जले पटकथा लेखनको छोटो कक्षासमेत लिनेछन्। यस्तै निश्चल बस्नेत, नकिम उद्दिन र नम्रता श्रेष्ठ स्थानीय फिल्म विश्वबजारमा पुग्न खेपिरहेका चुनौतीका बारेमा हलिउडका फिल्ममेकरसँग बहसमा सहभागी हुनेछन्। सबै सेसनलाई फिल्ममेकर किरणभक्त जोशीले सहजीकरण गर्नेछन्।

हलिउड फिल्ममेकरको सेसन भने राष्ट्रिय सभा गृहमा नभइ लाजिम्पाटको र्‍याडिसन होटलमा हुनेछ। वर्कसपमा सहभागी हुन चाहने फिल्मकर्मीले पहिले नै नाम दर्ता गर्नुपर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell