
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)सँग भएको सम्झौतामा मुलुकलाई असर पार्ने खालको अनुकुल विषय केही नभएको बताएका छन्।
आज राष्ट्रिय सभागृहमा शुरु भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले उक्त दाबी गरेका हुन्।
हालै अमेरिकी सरकारले समेत यस विषयमा स्पष्ट पारिसकेको उल्लेख गर्दै ओलीले यसमा अप्ठेरो मान्नुपर्ने कुनै कारण नभएको बताए।
त्यसैगरी ओलीले तत्कालीन समयमा कृष्णबहादुर महरा उपप्रधानमन्त्री रहँदा यस विषयमा वार्ता भएको स्मरणसमेत गरे। भने, 'कृष्णबहादुर महराले नै वार्ता गर्नुभएको हो। यसको जुलाई २१, २०१७ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए। उहाँले पार्लियमेन्टबाट पनि पास हुन्छ। मन्त्रिपरिषद्बाट पनि केही अप्ठेरो हुँदैन भन्नु भएको थियो।'
त्यसपछि शेरबहादुर देउवा नेतृत्वको पालामा अर्थमन्त्री ज्ञानेन्द्र कार्की न्युयोर्क पुगेर एमसिसीमा सम्झौता भएको ओलीले बताए। ५५ अर्बजस्तो पैसा बेलैमा सम्झौता नगरे फ्रिज हुने चेतावनीसमेत प्रधानमन्त्री ओलीले दिए। भने, 'विकासमा मात्र खर्च गर्न पाइने गरी सम्झौता गरेको हो। ५५ अर्बजस्तो रकम नेपालले पाउने भएको छ। यसको कुनै लिंक छैन। सम्झौता पुरा नभए पैसा फ्रिज हुन्छ। सम्झौता पनि त्यतिमै टुंगिन्छ। इन्डो प्यासेफिकसँग जोडिनु बेकार छ।'