PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

सीप बिना रोजगारी खोज्नु, रेगिस्तानमा पानी खोज्नु सरह : मुख्यमन्त्री राउत



सुमित मिश्र

सीप बिना रोजगारी खोज्नु, रेगिस्तानमा पानी खोज्नु सरह : मुख्यमन्त्री राउत
बुधवार मोरङ अटो वर्क्सले गरेको जेसिबी तालिम सेन्टरको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत (बायाँ)।

जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले शिक्षा क्षेत्रमा एकात्मक प्रणालीको अन्त्य नगरेसम्म आमजनता प्राविधिक शिक्षा क्षेत्रको पहुँचबाट टाढा रहने बताएका छन्।

बुधवार मोरङ अटो वर्क्सले गरेको जेसिबी तालिम सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारले प्राविधिक शिक्षातर्फ रहेको सिटिइभिटी आफ्नै मातहत राखेर जनतामाझ पहुँच हुन नसक्ने स्पष्ट पारे। उनले आजको प्राविधिक युगमा सीप बिना रोजगारी खोज्नु रेगिस्तानमा पानी खोज्नु सरह भएकोले प्रदेश सरकारले युवालाई प्रविधिमा पहुँच बनाउन यस्ता कार्यक्रमहरुको आवश्यकता रहेको बताए।

प्रदेश नम्बर २ सरकार र डिएफआइडीको सहयोगमा सञ्चालित सीप परियोजनाले अगामी ३ वर्षभित्र ४५ हजार युवालाई रोजगार दिने लक्ष्य राखिएको छ। सोही सम्झौता अनुरुप पुर्वाधार निर्माणको क्रम शुरु भएको बताइएको छ।

गत साउन महिनामा भएको सम्झौता अनुरुप विभिन्न सेवा प्रदायक संस्थाले प्रतिवद्धता अनुरुपको रोजगार सिर्जना गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell