PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एमसीसीबारे कसैको बालहठमा लाग्नु छैन, सरकारका प्रवक्ता भन्छन् : गाँजा के हो, थाहा छैन



एमसीसीबारे कसैको बालहठमा लाग्नु छैन, सरकारका प्रवक्ता भन्छन् : गाँजा के हो, थाहा छैन

काठमाडौं : सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले गाँजाको प्रयोगबारे आफूलाई केही थाहा नभएको बताएका छन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफूलाई खाली गाँजा फाँडेको समाचार मात्रै थाहा भएको बताए।

'मलाइ जानकारी छैन। गाँजा प्रयोगको व्यबस्था के छ?,' उनले प्रश्न गर्दै अगाडि भने, 'मलाई खाली पत्रकारले लेख्छन् नि पुलिसले यतिउति गाँजा फाँडे भन्ने लेख्छन् नि त्यही हो। शिवरात्रीमा खाने के हो अरु सँधै खाने गाँँजा के हो? थाहा भएन।'

उनले एमसीसीबारे भइरहेको बहसलाई बालहठको संज्ञा दिए। 'कसैको बालहठको पछि लाग्नुपर्छ भन्ने त छैन। हामीले अरुले गर्ने सहयोग लिनुपर्छ। हामीले दिगो विकासको लक्ष्य एसडिजीमा जाने कुरा पनि आन्तरिक श्रोत परिचालन गर्ने हो,' उनले भने।

उनले यसअघि पनि चीन भारत र अमेरिकासँग सहयोग लिएको उल्लेख गर्दै अमेरिकासँग लिन किन नहुने भन्दै प्रश्न गरे।

एमसीसी सैन्य रणनीति नभएको उनले दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell