PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोरोना भाइरसको उपचारमा खटिँदा खटिँदै संक्रमित नर्स, उपचारपछि पुन: सेवामा

कोरोना भाइरसको उपचारमा खटिँदा खटिँदै संक्रमित नर्स, उपचारपछि पुन: सेवामा


३८ वर्षीया क्व छिन पेशाले नर्स हुन। वुहानमा नोवेल कोरोना भाइसरको संक्रमण पत्ता लागेसँगै उनी पनि दिनरात संक्रमितको उपचारमा खटिइन्। वुहान विश्वविद्यालयको चोङनान हस्पिटलमा काम गर्ने उनमा पनि कोरोना भाइरसको संक्रमण देखा पर्‍यो।

१५ वर्ष देखि नर्स पेसामा संलग्न उनी कोरोना भाइरसको आउटब्रेकसँगै दैनिक इमरजेन्सी वार्डमा १० घण्टा खटिँदै आएकी उनमासमेत कोरोना भाइरसको संक्रमण देखा पर्‍यो। १४ दिनको क्वारेन्टाइनमा बसे उनी अहिले फेरी आफ्नै पेशामा फर्किएकी छन्।

१२ जनवरीमा संक्रमणको लक्षण देखा परेसँगै उनलाई क्वारेन्टाइनमा राखिएको थियो। शरीरको तापक्रम ३७.८ डिग्री सेल्सियस माथि उक्लियो। उनमा नोवेल कोरोना भाइरसको संक्रमण देखियो।

'मेरो अनुभवले पनि के देखाउँछ भने रोग त्यति भयानक छैन। यसको उपचार हुन सक्छ,' उपचारपछि पुन: काममा फर्किएकी उनले भनिन्।  



ट्रेन्डिङ पोस्ट

Ncell