PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

१५० करोडको लगानीमा बन्न लागको ‘ब्रह्मास्त्र’ हिन्दीसँगै ५ भाषामा रिलिज हुने



१५० करोडको लगानीमा बन्न लागको ‘ब्रह्मास्त्र’ हिन्दीसँगै ५ भाषामा रिलिज हुने
Photo: Karan Johar/Twitter

मुम्बई : आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’को रिलिज डेट तय भएको छ। ‘ब्रह्मास्त्र’ सन् २०२० को डिसेम्बर ४ मा रिलिज हुने भएको हो

आयान मुखर्जी निर्देशित यस फिल्मलाई करण जोहरको धर्मा प्रोडक्सनले निर्माण गर्न लागेको छ। करण जोहरले सामाजिक सञ्जालमा एउटा तस्विर सार्वजनिक गर्दै फिल्मको रिलिज डेटबारे जानकारी दिएका हुन्।

सार्वजनिक तस्विरमा आलिया भट्ट, रणवीर कपूर, अमिताभ बच्चन र आयान मुखर्जी देखिएका छन्।

 

फिल्मको अनुमानित बजेट १५० करोड भारु रहेको बताइएको छ। फिल्ममा आलियासँगै रणवीर कपूरको मुख्य भूमिकामा हुनेछ।

फिल्म ‘ब्रह्मास्त्र’ हिन्दीसँगै तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell