PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

डेराको कथा अब फिल्ममा, ‘के घर के डेरा’ मा दयाहाङ र विपिनसँग वर्षाको जोडी  



 डेराको कथा अब फिल्ममा, ‘के घर के डेरा’ मा दयाहाङ र विपिनसँग वर्षाको जोडी  

काठमाण्डौं : सुव्रतराज आचार्यको निर्देशनमा ‘के घर के डेरा’ फिल्म निर्माण हुने भएको छ।

सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले  फिल्मको घोषणा गर्दै कलाकारहरुको नाम सार्वजनिक गरेको हो। फिल्ममा अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको अभिनय रहने भएको छ। यसअघि उनीहरुले फिल्म ‘जात्रै जात्रा’ मा सँगै काम गरेका थिए। शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको पनि अभिनय रहनेछ।

३५ वर्षअघिको प्रदीप रिमाल निर्देशित फिल्म ‘के घर के डेरा’ को नाममा नै अहिले नयाँ फिल्म बन्न लागेको हो।

फिल्ममा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्मातामा छन्। सफल केसी र प्रतिक गुरुङको पटकथा रहने फिल्मको कन्सेप्ट निर्माता सिंगे लामाको हो। सिंगेले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘हरि’ फिल्म निर्माण गरिसकेका छन्।

काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर निर्माण हुने फिल्मलाई दिर्घ वीर गुरुङले छायांकनको जिम्मेवारी पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell