PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नेपाली समर्थकलाई मात्र लक्षित गर्दै बर्सिलोनाको पेजमा प्रियंका कार्कीको फोटो, ‘वि लभ नेपाल’



नेपाली समर्थकलाई मात्र लक्षित गर्दै बर्सिलोनाको पेजमा प्रियंका कार्कीको फोटो, ‘वि लभ नेपाल’
फोटो : facebook.com/fcbarcelona

काठमाडौं : स्पेनिस क्लब बार्सिलोनाले नेपाली अभिनेत्री प्रियंका कार्कीको फोटो शेयर गर्दै ‘वि लभ नेपाल’ लेखेको छ। प्रियंका गए राति क्याम्प नोउमा भएको बार्सिलोना र लेभान्टेको खेल हेर्न पुगेकी थिइन्।

उनले ३१ जनवरीमा फेसबुक पोस्ट गर्दै बार्सिलोनाको प्रतिक्षित खेल हेर्न जाँदै गरेको भन्दै तस्विरहरु शेयर गरेकी थिइन्। आज बार्सिलोनाले फेसबुकमा कार्कीको दुईवटा तस्विर हाल्दै ‘वि लभ नेपाल’ लेखेको छ। तर, उक्त पोस्ट भने कस्टम सेयरिङ हो।

कस्टम सेयरिङ निश्चित समूहका लागिमात्र हो। कस्टम पोस्ट निश्चित अडियन्सका लागिमात्र देखाउन मिल्ने गरी राख्न सकिन्छ। यसर्थ यो पोस्ट नेपाली समर्थकका लागि लक्षित देखिन्छ।

गए राति भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि २-१ को जित हात पारेको थियो।

केही दिनअघि मात्र प्रेमी आयुष्मान देशराज जोशीसँग स्पेन पुगेकी प्रियंका प्रेमीसँग खेल हेर्न बार्सिलोना पुगेकी थिइन्। प्रियंकाले इन्स्टामा यो अवसरका लागि भाइबर र बार्सिलोना क्लबलाई धन्यवादसमेत दिएकी छिन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell