
जनकपुरधाम : भन्सार कार्यालय जनकपुरका नायब सुब्बा सोमवार साँझ घुससहित पक्राउ परेका छन्। नायब सुब्बा अहमद रजा अन्सारी घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ।
अन्सारीलाई आयोगको टोलीले १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगको बर्दिबास कार्यालयले जनाएको छ।