PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वुहानमा कोरोना, रत्नपार्कमा सचेतनासहित मास्क वितरण

वुहानमा कोरोना, रत्नपार्कमा सचेतनासहित मास्क वितरण


काठमाडौं : 'निशुल्क मास्क लिनुस्, निशुल्क,' शनिवार दिउँसो रत्नपार्कको शान्तिवाटिका नजिकैको फूटपाथमा युवाहरु यात्रुलाई मास्क बाँडिरहेका थिए।

वाटिकाको बारतिर एउटा ब्यानर। जहाँ लेखिएको थियो- कोरोना भाइरससम्बन्धी सचेतना तथा नि:शुल्क माक्स वितरण कार्यक्रम।

रसाइली समाज काठमाडौं आयोजक रहेछ। चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। नेपालमा संक्रमित भित्रन नदिन सरकारले सतर्कता अपनाउँदैछ। तर, रसाइली समाज भने यहाँ कोरोना भाइरसबाट बच्न भन्दै मास्क वितरण गर्न व्यस्त।

'कोरोना भाइरस नेपालमा आइसकेको हो र?' अपर्झट हातमा मास्क हात पर्नसाथ एकजना युवाले सोधिहाले। बाटोमा मास्क बाँड्दै गरेका युवा लोकबहादुर रसाइलीले भने, 'आएको त छैन। हामी सचेतना फैलाउन आएका हौ। मास्क लगाए कोरोना भाइरसबाट बच्न सकिन्छ भनेर हो।'

रसाइली समाजको सदस्यहरुको सहयोगमा आज मास्क वितरण कार्यक्रम राखिएको रसाइली समाजका अध्ययक्ष मनिराम रसाइलीले बताए।

मास्क वितरण कार्यक्रम वीर अस्पतालका प्रबन्ध निर्देशक केदार सेन्चुरीले उद्घाटन गरेको उनले बताए। करिब पाँच हजार मास्क वितरण गर्ने आजको योजना रहेको रसाइली समाजले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell