PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

ठडिँदै काष्ठमण्डप, यसरी राखिँदै झ्यालहरु

ठडिँदै काष्ठमण्डप, यसरी राखिँदै झ्यालहरु


काठमाडौं : २०७२ को भूकम्पका कारण ध्वस्त भएको काष्ठमण्डपको पुनर्निर्माणको काम भइरहेको छ।

हालसम्म काष्ठमण्डप पुनर्निर्माणको ६० प्रतिशत काम सकिएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ। शुक्रवारबाट काष्ठमण्डपमा झ्यालहरु राख्ने काम शुरु भएको छ। काष्ठमण्डपको पूर्व तर्फका झ्यालहरु जडान गर्ने कार्य सम्पन्न भइसकेको छ। हनुमान ढोकामा रहेको कालभैरव अगाडि रहेको वर्कशपमा कालिगढहरुले काष्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक काठहरु निर्माण गरिहेका छन्।

सम्बन्धित समाचार: 

११–१२ औं शताब्दीमा निर्माण गरिएको भनिएको काष्ठमण्डप उत्खननका क्रममा सातौं शताब्दीमै बनेको फेला परेको थियो। अझ पुराना काठहरुमध्ये एउटा काठ पाचौं शताब्दीको रहेको फेला परेको थियो। यसबाट पहिला काष्ठमण्डप सानो रहेको र पछि फेरि काष्ठमण्डपमा तल्ला थपिएको हुन सक्ने अनुमान गरिएको छ।

तस्विर: काष्ठमण्डप पुनर्निर्माण समिति



ट्रेन्डिङ पोस्ट

Ncell