PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कोरोनाका कारण वुहानमा एक जना अमेरिकीको मृत्यु



कोरोनाका कारण वुहानमा एक जना अमेरिकीको मृत्यु

चीनमा कोरोना भाइरसको संक्रमणबाट अस्वस्थ रहेका एक अमेरिकी नागरिकको मृत्यु भएको छ। कोरोनाको संक्रमणबाट हालसम्म ७ सय २२ सय जनाको मानिसको मृत्यु भइसकेको छ।  

यस भाइरसबाट मृत्यु हुने पहिलो विदेशी नागरिक रहेको बताइएको छ। मृत्यु हुने अमेरिकी नागरिक भाइरसको आउटब्रके इपिसेन्ट वुहानमा नै बसिरहेको बताइएको छ।  

यस्तै भाइरसको संक्रमणबाट एक जापानी नागरिकको समेत मृत्यु भएको जापानी अधिकारीहरुले जनाएका छन्।  चीनबाहिर समेत यस भाइरसको प्रभाव देखिएको छ। हङकङ र फिलिपिन्समा भाइरसबाट संक्रमित दुई चिनियाँ नागरिकको मृत्यु भइसकेको छ। विश्वभर २२ देशमा ३३ हजार मानिस यस भाइरसबाट संक्रमित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell