PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पूर्वसचिव कार्कीको घरमा कामदार मृत फेला, श्रीमती अचेत



पूर्वसचिव कार्कीको घरमा कामदार मृत फेला, श्रीमती अचेत

काठमाडौं : पूर्वसचिव अर्जुन कार्कीको ललितपुरको सानेपास्थित घरमा एक कामदार मृत अवस्थामा भेटिएको छ।

त्यस्तै कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थमा भेटिएको प्रहरीले जनाएको छ। दाङ घर भएका २२ वर्षीय विजय चौधरी घरको बैठक कोठामा नाइलनको डोरी लगाएर मृत झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले जानकारी दिइन्। कार्की माथि आक्रमण भएको हो वा अन्य कारणले चोट लागेको खुल्न सकेको छैन।

उनको उपचारको लागि स्टार हस्पिटल लगिएको छ।

'हामीलाई मध्यान्हमा खबर आएको थियो। पुगेर हेर्दा युवक घरको लिभिङ रुममा मृत अवस्थामा फेला पारेका हौं,' एसपी सिंहले भनिन्।

त्यस्तै पूर्वसचिव कार्कीकी श्रीमती घरको भान्छा कोठामा अचेत अवस्थामा फेला परेकी हुन्। उनको टाउकामा चोट लागेको एसपी सिंहले जानकारी दिएकी छिन्। पूर्वसचिव भने पूजा गर्न बिहानै पशुपति गएका थिए। घरमा भएका कार्कीका एक छोरा पनि स्कुल गएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell