PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गुन्डा नाइके समीरमानसँग पटकपटक सम्पर्कमा देखिएको भन्दै उच्च अदालतले गृहमन्त्रीका भाईलाई पठायो थुनामा



गुन्डा नाइके समीरमानसँग पटकपटक सम्पर्कमा देखिएको भन्दै उच्च अदालतले गृहमन्त्रीका भाईलाई पठायो थुनामा

काठमाडौं :  जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्टाउदै उच्च अदालत पाटनले गृहमन्त्रीका भाइ नरेश थापालाई थुनामा राख्न आदेश दिएको छ।

गत असोज १ गते हत्यासम्बन्धी मुद्दामा जेलमा रहेका गुन्डा नाइके समीरमान बस्नेतसँगको मिलेमतोमा फिरौती असुली गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले धरौटीमा छोड्ने आदेश दिएको थियो। उच्च अदालतका न्यायधीश नहकुल सुवेदी र श्रीमनकुमार गौतमको इजलासले थापालाई थुनामा पठाउने निर्णय सुनाएको हो।  गत असोजमा जिल्ला अदालत काठमाडौंले थापालाई अपराधिक लाभ र संगठित अपराध मुद्दामा एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले  भदौमा नियन्त्रणमा लिएको हो। थापासहित अन्य ८ जनालाई अदालतमा उपस्थित थियो।

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा मुछिएका गुन्डा नाइके बस्नेतसँग मिलेमतो गरेर फिरौती असुली गरेको अभियोग थापामाथि लगाइएको छ। बस्नेत अहिले केन्द्रीय कारागारमा थुनामा छन्। २०७४ असोज २३ गते बानेश्वरमा अध्यक्ष गौचनलाई गोली हानिएको थियो। हत्याको अभियोगमा तीन महिनापछि मुख्य योजनाकार भनिएका समीरमान पक्राउ परेका थिए।

ब्युरोले गरेको अनुसन्धानमा गृहमन्त्रीका साइला भाइ नरेशको विभिन्न कोणबाट समीरमानसँग सम्पर्क भएको देखिएको थियो। केन्द्रीय कारागार सुन्धारामा सुरक्षार्थ खटिएका इन्स्पेक्टर विपिन ओझाले नरेश समीरमानसँग भेट्न कारागारमा पुगेको बयान प्रहरीलाई दिएका थिए। थापा तुलसी भनिने एक अर्का व्यक्तिसँग नरेश कारागारमा समीरमानसँग भेट्न आएको ओझाले बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell