PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

एनआरटीलाई पराजित गर्दै थ्री स्टार उक्लियो तेस्रो स्थानमा



एनआरटीलाई पराजित गर्दै थ्री स्टार उक्लियो तेस्रो स्थानमा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा रुस्लान थ्री स्टार क्लबले न्यू रोड टिम (एनआरटी)लाई हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एनआरटीविरुद्ध थ्री स्टारले १-० को जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दीपेश घलेले गरेको गोल थ्री स्टारको जितको लागि निर्णायक सावित भयो। खेलको ७७ औँ मिनेटमा दीपेशले बक्सको दायाँतर्फबाट प्रहार गरेको बलले जाली चुमेको थियो।

जितसँगै २३ अंक बनाएको थ्री स्टार अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। एनआरटी भने १५ अंकसहित अंक तालिकाको ८ औँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell