PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पहिचानको राजनीति मूर्खताको पराकाष्ठा हो, बाजा गाजालाई जातीय पहिचान बनाउनु हुँदैन : प्रधानमन्त्री ओली



पहिचानको राजनीति मूर्खताको पराकाष्ठा हो, बाजा गाजालाई जातीय पहिचान बनाउनु हुँदैन : प्रधानमन्त्री ओली

 काठमाडौं : मंगलबार गृहमन्त्रालयमा भएको ७० औँ प्रजातन्त्र दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाउनेदेखि पहिचानको राजनीति मुर्खताको पराकाष्ठा भएको आरोपसमेत लगाए।

प्रजातन्त्र दिवस जनताको कार्यक्रम जस्तो भएन

खास गरी जनताका कार्यक्रमहरु प्रजातन्त्र दिवसजस्तो, गणतन्त्र दिवस या संविधानजस्तो। जनताका कार्यक्रमहरु जनतका कार्यक्रमजस्तो हुन सकेनन्। त्यो अलिक बढी सरकारी कार्यक्रमजस्तो हुन गर्‍यो। यसलाई जनताका कार्यक्रम कसरी बनाउने?

नगरपालिका, गाउँपालिकाहरु र प्रदेशहरुले पनि कार्यक्रमहरु आफ्नो तहमा मनाउने गर्नुपर्‍यो। त्यसलाई जनसहभागितामूलक कसरी बनाउने त्यसमा ध्यान दिऔँ। यी दिवसहरु यत्तिकै दिवसका रुपमा स्थापित भएका होइनन्। ठूलो त्याग, तपस्यापश्चात आएका हुन्। जनता लडेर आफ्ना प्रणाली ल्याए। त्यस्ता दिवसलाई जनाताकै दिवसका रुपमा मनाउन जरुरी छ।

लोकतन्त्र भनेको छाडातन्त्र होइन

अर्को कुरा लोकतन्त्र त आएको छ। लोकतन्त्र भनेको इतिहासप्रति गर्व गर्ने, वर्तमानप्रति जिम्मेवार र भविष्यप्रति उत्तरदायी सभ्य समाज हो। जहाँ हाम्रा संस्कृतिका महत्वपूर्ण परम्परा कायम छन्। लोकतन्त्र भनेको एउटा सभ्यतन्त्र हो। एउटा परिष्कृत र आवश्यक व्यवस्था हो। तर, मनपरी गर्न पाइने छाडा तन्त्र हो भन्ने जस्तो बुझई छ।

सञ्चार माध्यमहरुबाट हामी छापिएको हेर्छौं।त्यहाँ के देख्छौं।हाम्रो आफ्नो भाषा छ। भाषाको मर्म छ। हाम्रो भाषामा बोलाउँदा हजुर भनिन्छ। हाम्रो सञ्चार माध्यमलाई हजुरभन्दा साह्रै सानो भएजस्तो लाग्छ।

हाम्रो सञ्चार माध्यमलाई अंग्रेजीको कपी गरेर मिस्टर म्याडम भनेर बोलाउन पाउँदा राम्रो लाग्छ। कसैलाई तपाई भन्नुपर्दा अचम्मको अपमान भएको लाग्छ। त्यस्तो होइन हाम्रो भाषामा तपाइ हुन्छ, तिमी हुन्छ, तँ हुन्छ। बच्चाबच्चीलाई मायाँ गरेर तँ भन्छन्। अलि हुँर्कदै गएपछि तिमी भन्छन्। आफूभन्दा ठूला र दौतरीलाई तपाइँ भन्छन्। तर तपाइ भन्ने शब्द आदरार्थी शब्द आदरार्थी ब्यवहार सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने संगठित प्रयास भएको छ।

अंग्रेजीमा यू भनेपछि पुग्छ। पहिले बिबिसीले पहिले सुरु गर्‍यो। यसो भने, यसो भनिन्। हाम्रा हजुरबाले यसो भने, हजुरआमाले यसो भनिन् भन्नुभयो भन्न आउँदैन्। अनि त्यहि नक्कल गरेर गोपी कृष्ण कहो भन्नुभन्दा अगाडि कहाँका गोपी, कहाँको गोपिनी कहाँको कृष्ण किन कहो भनेको भन्ने थाहा पाउने। हाम्रो संस्कृतिमाथिको हमला हो। हाम्रो शालिनतापूर्ण सभ्यतामाथिको हमला हो। हामीले शालिनताका पक्ष, विनम्रताका पक्षहरु हाम्रो नीतिवचन अनुसार विद्या ददाती विनयम।

विद्याले दिने पहिलो कुरा विनय हो। शालिनता हो। विद्वान शालिनताबाट, विनम्रताबाट प्रकट हुन्छ। कति विद्वान हो भन्ने कुरा उद्णडताबाट प्रकट हुँदैन।

इतिहास पढाऔं, संविधान बुझाऔं

कोही कोही इतिहास, सभ्यताबाट हामीले छाड्नुपर्ने हुन्छन्। अविकसित समयका, मध्यकालीन युगका, विकास नुहँदाका कतिपय कुरा छोड्नुपर्ने हुन्छन्। अज्ञानतामा आधारित मूल्यमान्यता छाड्नुपर्ने हुन्छ। तर,  हाम्रा पूर्वजहरुले ज्ञान, सभ्यतामा आधारित शिष्ठतामा आधारित हाम्रो समाजलाई सभ्य राख्नका लागि महत्वपूर्ण छन भन्ने बुझ्नुपर्छ। समाज विकसित हुँदै गएको छ। सम्पन्न हुँदै गएको छ। तर सँगैसँगै लुप्त हुँदै गएको छ। रसिलो खेत र धाँजा फाटेको खेत जस्तै फरक फरक। हाम्रा सन्ततीलाई हामी इतिहास पढाउँदैनौं। पढाउन आवश्यकता पनि ठान्दैनौं। तर, सात साल नबुझी, ४६ साल नबुझी नेपाल बुँझिदैन। ६२/६३, संविधानसभा नबुझी नेपाल बुँझिदैन। संविधान नबुझी नेपाल बुँझिदैन। त्यसैले यी कुरा बालबालिकालाई बुझाउनुपर्छ। समाज परिवर्तनको एउटा खास बिन्दु हो सात साल। खास परिघटना हो। जसले समाजलाई अन्धकारबाट आधुनिक युगमा प्रवेश गरायो। ७ गते त्रिभुवन फर्काइए, फर्किए भन्ने मात्र कुरा होइन।

पहिचानको राजनीति मूर्खताको पराकाष्ठा

हाम्रा एकता एकीकरण पढाउनुपर्छ। हाम्रा बालबालिकाहरुलाई सक्रिय हुने कुरा सिकाउनुपर्छ। पहिचान भनेको छ अनेकता सिकाएको छ। यति सानो मुलुकमा। पहिचानको राजनीति मूर्खताको पराकाष्ठा हो। पहिचान भनेको राष्ट्रिय हो। मेरो र भाइको उमेर पनि मिल्दैन हाइट पनि मिल्दैन, अनुहार पनि मिल्दैन। पहिचानको सवाल लिएर मारामार गर्ने। उसको ससुराली र मेरो ससुराली मिल्दैन। पहिचानको लडाइ गर्ने? त्यसकारण हामी हाम्रा अधिकारका कुरामा लडाइ गर्नुपर्छ। हामीले हाम्रो राष्ट्रियता जोगाउने,राष्ट्रिय पहिचान, संस्कृति जोगाउने। हाम्रा बाजागाजा नृत्य,धुन,चाडपर्व छन्। त्यसलाई जातीय पहिचान बनाउनु हुँदैन। हिजो एउटा जात एक ठाउँमा बस्थ्यो, अर्को अर्को ठाउँमा बस्थ्यो। एउटा जातले सुरु गर्‍यो होला। आजको ग्लोबलाइजेसनको जमानामा चाड, पर्व रितीथितीलाई जात बिशेषको बनाउनु हुँदैन। त्यसैले हामी जितीया, छठ, दशैं तिहार, गौरा मनाउँछौ। यिनलाई राष्ट्रको सम्पति मान्छौ। सुरु कहाँबाट भएको हो त्यो बेग्लै कुरा हो। हाम्रो देश गर्व गर्न लाएय इतिहास भएको देश हो। हामी अत्यन्त विद्वान पूर्खाका सन्तान हौं। जसले विश्व शान्ति, विश्व बन्धुत्व। बसु दैव कुटुम्बकम आज बनेको होइन। भिजिट नेपाल घोषणा गरेपछि अतिथि देवो भव भन्न सिकाएको होइन।

शिष्टता विनाको ज्ञान रुखो

हजारौं वर्ष अघि पूर्खाहरुले पाहुनालाई देउताजस्तो मान्न। आफूभन्दा ठूलालाई सम्मान गर भनेर सिकाएको हो। गणित जति पढे पनि, इन्जिनिरिङको जति डिग्री लिएपनि शालीनता, शिष्ठता बिनाको प्राविधिक ज्ञान रुखो हुन्छ। रुखोमा केही उम्रिदैन्। केही उम्रन मलिलो वातावरण चाहिन्छ।

न्युक्लियर्स फ्यामेली त फ्यामेली नै होइन। भाले, पोथी अण्डा हुर्काउन र चराले पनि गर्छ। मान्छे भनेको हजुरबा हजुरआमा भएको हुन्छ। चराको कहिल्यै हजुरबा हजुरआमा हुँदैन। बच्चा काड्ने, हुकाउने त गरेको छ। पखेँटा नलाग्नुजेल हुर्काउने पखेंटा लागेपछि हुर्र। त्यही समाजलाई आधुनिक सभ्य समाज भन्न खोजेको छ। त्यो होइन। चौडा सडक बन्दैमा, गाडी चल्दैमा,प्लेन चल्नेबित्तिकै हजुबा हजुर आमा नचिन्ने मान्छे आधुनिक भएँ भन्ठान्ने कुरा बन्जर हो, त्यो हो। हाम्रो सभ्यताका राम्रा पक्षलाई विग्रन दिनुहुँदैन। जोगाएर अघि बढ्नुपर्छ।

नयाँ पिढीँलाई हाम्रो गौरवपूर्ण सभ्यता, संस्कृतिको इतिहास। हाम्रा पूर्खाले विकास गरेको अत्यन्तै फराकिलो समाज। हाम्रो सभ्यताको कृतज्ञता उल्ंघन नगरोस भनेर बावुको मृत्यु हुँदा १३ दिन नुन खानुपर्नछ, शोक मनाउनुपर्छ भनेर सिकाएको छ। त्यसलाई फरक ढंगबाट गरे हुन्छ। तर शोकप्रति कृतज्ञ हुनुपर्छ। आमाबावुले हुर्काए मर्दा आँशु पनि छैन, एकछिन दुख पनि मनाउँदैन। दुख मनाउ, कृतज्ञता जाहेर गर। १३ दिन बसेर, गरुड पुराण सुनेर, दान पुण्य गरेर जलाइसकेको मनिसले पाउने कुरा त पण्डितजीले जानुन म के जानौं। तर कृतज्ञता, त्यसप्रतिको समर्पण आवश्‍यक छ।

जनताका छोराहरुले लडेर ल्याएको देश। वलिदान दिएर ल्याएको देश। यसबारे जानकारी दिन आवश्यक छ। इतिहासका कुरा सिकौं। इतिहास नविर्सौ। विद्वान पूर्खा र बहादुरपूर्खाका सन्तान हौं। बहादुर पूर्खाका सन्तान हौं भन्न जान्यौ तर विद्वान सन्तानका पूर्खा हौं भन्ने कुरा विर्सने खतरा भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell