PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

विद्यार्थी भर्ना प्रक्रियामा अनियमित भएको भन्दै राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी



सुमित मिश्र

विद्यार्थी भर्ना प्रक्रियामा अनियमित भएको भन्दै राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी

जनकपुरधाम : भर्ना प्रक्रियामा अनियमितता भएको भन्दै विद्यार्थीहरुले राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी गरेका छन्।

बुधवार जनकपुरस्थित विश्वविद्यालयको भिसी र डिनको कार्यालयमा नेविसंघ धनुषाका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्। विश्वविद्यालयमा विद्यार्थी भर्ना प्रक्रियामा अनियमित भएको आरोप लगाउँदै विद्यार्थीले तालाबन्दी गरेका हुन्।

छात्रवृत्तिमा र भर्ना प्रक्रियामा अनियमितता गरेकाले विद्यार्थी आन्दोलित भएर तालाबन्दी गरेको नेविसंघ धनुषाका अध्यक्ष सुजित मिश्रले बताए। मिश्रले भर्ना प्रक्रिया पारदर्शी र छात्रवृत्तिमा अनियमितता हुन नहुने माग राख्दै आफूहरुले विरोध गरेको बताए। माग सम्बोधन नभएसम्म आफूहरु आन्दोलनमै रहने उनको भनाइ थियो।

यता डिन जुगेश्वर साहले विद्यार्थीहरुले तालाबन्दी गरेको तर किन र के कारणले गरेको सो बारे केहि जानकारी नभएको बताए।

उनले भने, ‘विद्यार्थीहरुको के माग छ, स्पष्ट रुपमा आउनु पर्‍यो र सो अनियमितता भएको वा नभएको बारे छानबिन हुनेछ। तालाबन्दी गरेर समस्याको समाधान हुदैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell