PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

जनयुद्ध दिवसमा गिरिजाप्रसादलाई सम्झिँदै प्रचण्ड- दिनदिनै सदरमुकाम पड्काउनुपर्‍यो भन्थे



जनयुद्ध दिवसमा गिरिजाप्रसादलाई सम्झिँदै प्रचण्ड- दिनदिनै सदरमुकाम पड्काउनुपर्‍यो भन्थे

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादको निम्ति फेरि एकपटक आन्दोलन गर्ने बताएका छन्।

आज जनयुद्ध तथा जनआन्दोलनका शहिदहरुको स्मृतिमा पार्टी मुख्यालय धुम्बाराहीमा आयोजति श्रदाञ्जली सभामा बोल्दै प्रचण्डले समाजवादका लागि जनातको मन जितेर आन्दोलन गर्ने बताएका हुन्।

उनले भने,' हामी समाजवादका निम्ति फेरि आन्दोलन गर्छौं। तर शान्तिपूर्ण तरिकाले। जनताको मनमष्तिक जितेर। हामी नौलो तरिकाले समाजवाद निर्माण गर्छौं।'

उनले नेपालमा बुर्जुवा पार्टी नचाहिएको भन्दै विचारधारा र राजनीतिक कार्यदिशामा ध्यान दिनुपर्ने बताए। उनले कम्युस्टहरुको रोग कम्युनिस्ट नै भएको पनि बताए।

'कम्युनिस्टहरुको रोग हामी आफैं हो। विरोधी ले त कहिल्यै हामीलाई पछार्न सकेनन्,' उनले भने, 'तर, सत्तामा पुगेपछि बैचारिक स्खलनको प्रक्रिया, सांस्कृतिक स्खलनको प्रक्रिया बढ्यो। ३ करोड मान्छे मरेर बनेको सोभियत युनियन एउटा गोलि पनि नपड्काइ पुँजिपतिहरुको हातमा गयो।'

कम्युनिष्टहरु भष्ट्राचारमा उन्मुख भएकोले विश्व कम्युनिस्ट आन्दोलनले दुर्गति भोग्नुपरेको उनको भनाइ थियो।

उनले  दलहरुबीचको विचित्रको संयोगले राजतन्त्र अवसान गर्ने वातावरण बनेको र देश संघीय गणतन्त्रमा आउन सफल भएको बताए।

उनले जन आन्दोलनको बेला गिरिजाप्रसाद कोइरालाले ठूला ठूला आक्रमण गर्नुपर्यो भनेको प्रसंग पनि सुनाए।

भने 'नेपाली कांग्रेसका तत्कालीन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र मेरो बीचमा दिनदिनै जस्तो कुरा हुन्थ्यो र उहाँले ठूल्ठूला आक्रमण बढाउनु पर्योग भन्नु हुन्थ्यो मलाई। फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो, सदरमुकाम हान्नु पर्‍यो भन्नु हुन्थ्यो।'

उनले विचार र नेतृत्व सशक्त रहेकाले नै परिवर्तन सम्भव भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell