PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ फागुन ९ गते सार्वजनिक हुने



दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ फागुन ९ गते सार्वजनिक हुने

काठमाडौं : नेपालय पब्लिकेसनको नयाँ टिमले सन् २०२० को ताजा कार्यतालिका अनुसार चारवटा पुस्तकहरू प्रकाशन गर्ने तयारी गरेको छ। नेपालयका महिला नेतृत्वले प्रकाशन गर्न लागेका चारवटै पुस्तकहरु महिला लेखकका सिर्जना हुन्।

नेपालयले यो शृङ्खला नेपाली साहित्यमा महिला लेखकको प्रतिनिधित्वलाई समर्पित गरेको छ। २०२० मा प्रकाशित हुने कृतिमा सृजनशील युवा लेखकले सिर्जना गरेका कथा, उपन्यासका साथै संस्मरण विधा र एक स्थापित लेखकको ओजपूर्ण पुनरागमन पनि समावेश छ।

यस शृङ्खला अन्तर्गत पहिलो पुस्तक दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ रहेको छ। ‘कुमारी प्रश्नहरू’ सामाजिक यथार्थवादको कोणबाट लेखिएका १३ वटा कथाहरूको संग्रह हो। कार्की लेखनका अनेकौं पुरस्कार प्राप्त गरेकी लोकप्रिय स्तम्भकार पनि हुन्।

नेपाली प्रकाशनको बजार मन्द रहेको गुनासो र चर्चा भैरहका बेला नेपालयले २०२० को तालिका अगाडि ल्याएको हो। आउँदो फागुन ९ गते सार्वजनिक हुने कार्कीको पुस्तक ‘कुमारी प्रश्नहरू’ को मूल्य ४२५ रुपैयाँ निर्धारण गरिएको छ। सो पुस्तक एमेजोन डट कममार्फत् संसारभर उपलब्ध हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell