PahiloPost

Jul 3, 2025 | १९ असार २०८२

इरानमाथि आक्रमण गर्नुपूर्व अमेरिकी राष्ट्रपतिले सिनेटको स्वीकृति लिनुपर्ने, भिटो प्रयोग गर्ने तयारीमा ट्रम्प



इरानमाथि आक्रमण गर्नुपूर्व अमेरिकी राष्ट्रपतिले सिनेटको स्वीकृति लिनुपर्ने, भिटो प्रयोग गर्ने तयारीमा ट्रम्प
PHOTO : THE NEWYORK TIMES

अमेरिकी सदनको अनुमोदन बिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्न नसक्ने भएका छन्। अमेरिकी माथिल्लो सदन सिनेटमा भएको मतदानबाट ट्रम्पको हमला गर्ने अधिकार सीमित गरिएको हो।

इरानबाट अमेरिका कम सुरक्षित हुने र जुनसुकै बेला इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएको केही घण्‍टापछि भएको मतदानमा अधिकार सिमीत गर्ने पक्षमा ५५ मत परेको थियो। विपक्षमा ४५ भने मत खसेको थियो।

ट्रम्पको निर्देशनमा गत महिना इरानी सैन्य जनरल कस्सिम सुलेमानीको हवाई आक्रमणमा मृत्यु भएको थियो। त्यसबेला ट्रम्पले सदनको स्वीकृति बिना नै आक्रमण गर्न नमिल्ने कुरा उठेको थियो।

आक्रमणपछि अमेरिकी तल्लो सदनले जनवरीमा अधिकार सिमित पार्ने विधेयेक पारित गरेर सिनेटमा पठाएको थियो।

सिनेटमा ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत भएपनि ८ रिपब्लिकन सांसदहरुले ट्रम्पले सिनेटबाट आक्रमण गर्नुपर्ने प्रस्तावको समर्थन गरेका थिए।

सिनेटबाट पारित भएको उक्त विधेयक अब ह्वाइट हाउस पठाइनेछ। विधेयक ह्वाइट हाउस पुगेपछि ट्रम्पले त्यसमाथि भिटो प्रयोग गरेर त्यसलाई अमान्य घोषित गर्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell