PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

फ्राइडे रिलिजमा 'लभ डाइरीज'सँगै 'लभ आजकल'  



फ्राइडे रिलिजमा 'लभ डाइरीज'सँगै 'लभ आजकल'  

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म 'लभ डाइरिज' र बलिउड फिल्म 'लभ आजकल' प्रदर्शनमा आएको छ।

प्रेम दिवसको अवसर पारेर अभिनेता शुसिल श्रेष्ठ स्टारर फिल्म 'लभ डाइरीज' प्रदर्शनमा आएको छ। फिल्मलाई सौरज चौधरीले निर्देशन गरेका हुन्। लभ डाइरीजमा शुसिल श्रेष्ठसँगै रुबिना थापाको मुख्य भूमिका रहेको छ। विनोद साप्कोटाले लगानी गरेको यस फिल्मलाई लभ स्टोरी जनरामा निर्माण गरिएको छ।

त्यस्तै बलिउड फिल्म 'लभ आजकल' पनि आजबाट प्रदर्शनमा आएको छ। यो फिल्मलाई इम्तियाज अली खानले निर्देशन गरेका हुन्। लभ स्टोरी जनरामा निर्माण भएको यस फिल्ममा सारा अली खान र कार्तिक आर्यनले एउटै स्क्रिन शेयर गरेका छन्।

यो फिल्म २०११ मा प्रदर्शनमा आएको लभ आजकलको सिक्वेल हो। फिल्ममा कार्तिक र सारासँगै आरुषी शर्मा र रणदीप हुड्डाको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell