PahiloPost

Oct 17, 2025 | १ कात्तिक २०८२

ए डिभिजनको अन्तिम खेलमा विमलको इन्ट्री



ए डिभिजनको अन्तिम खेलमा विमलको इन्ट्री
फोटो : विमल घर्ती मगरको फेसबुकबाट

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिवार मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच अन्तिम खेल हुँदैछ। अन्तिम खेलमा इन्ज्युरीसँग जुधिरहेको मछिन्द्र क्लबले विभागीय टोली आर्मीसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछ।

स्टार खेलाडीहरु उतारेर लिगको शुरुबाटै चर्चामा रहेको मछिन्द्र क्लबले शनिवारको खेलमा विमलघर्ती मगरलाई मैदानमा उतार्दै छ। विमलको जारी लिगमा यो पहिलो र अन्तिम खेल हुनेछ।

विश्वकप तथा एसिया कपको छनोट अन्तर्गतको कुवेतसँगको ‘होम गेम’को अघिल्लो दिन नाइट क्लबमा भेटिएका ४ खेलाडीलाई एन्फाले कार्वाही गरेका थिए जसमध्ये विमल पनि एक थिए। एन्फाको अनुशासन समितिले विमल घर्ती मगर र दिनेश राजबंशीलाई ९० दिन तथा सन्तोष तामाङ र अन्जन विष्टलाई ४५ दिनका लागि निलम्बन गरेको थियो। चारैजना खेलाडीलाई समितिले समान ५० हजार रुपैयाँ जरिवाना समेत गराउने भएको थियो। विमल बाहेकका सन्तोष र अन्जन यसअघि नै लिगमा खेलिरहेका छन्।

मछिन्द्र क्लबको प्रशिक्षक प्रवेश कटुवालले विमल विगत १० दिन यता अभ्यासमा निरन्तर आइरहेको र भोलिको खेलमा उनलाई उतार्ने तयारी गरेको बताए। मछिन्द्रमा आबद्ध भएका अर्का स्ट्राइक अभिशेक रिजाल माल्दिभ्सको बी डिभिजन खेल्ने लिगको विचैमा गएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell