
पेरुमा गत महिना भएको ग्याँस ट्याँकर बिस्फोटबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ।
गत जनवरीमा लिमा शहरमा १० हजार लिटर एलपिजी ग्याँस बोकेको ट्याँकर बिस्फोट भएको थियो। विस्फोटबाट पहिला दुई जनाको मात्रै मृत्यु भएको बताइएको थियो। तर उक्त घटनामा ५० जनाभन्दा धेरै घाइते भएका थिए। घाइते भएका अधिकांश व्यक्तिको शरीर जलेको थियो।
उपचारका क्रममा मृत्यु हुनेको संख्या बढ्दै गएको पेरुको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
ग्याँस चुहिएर भएको विस्फोटबाट सडक किनाराका रहेका घर र सवारी साधनमा क्षति पुगेको थियो। प्रहरीले घटना लगत्तै ट्यांकर चालकलाई नियन्त्रणमा लिएर अनुसान गरेको थियो। ६४ वर्षीय चालक लुइक्षस ग्रुजम्यानमाथि अदालतमा मुद्दा दर्ता भइसकेको छ।
दुर्घटनामा घाइते केही व्यक्तिहरुको अझै उपचार भइरहेको छ।