PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

ब्रिस्टोलको एक भित्तामा बनाइएको 'भ्यालेनटाइन डे' को त्यो आकृति ...



ब्रिस्टोलको एक भित्तामा बनाइएको 'भ्यालेनटाइन डे' को त्यो आकृति ...

आज प्रणय दिवस – भ्यालेन्टाइन डे।  

बेलायतको ब्रिस्टोल शहरको एक घरको भित्तामा कोरिएको चित्रसँग तस्विर खिचाउनेको घुइँचो लागेको छ। ३७ वर्षीय केल्ली उडरुफको बुबाको नाममा रहेको घरको भित्तामा बनाइएको आकृतिले अहिले धेरैको ध्यान आकर्षित गरेको छ।

सामाजिक संजालमा भ्यालेनटाइन्स डेलाई लक्षित गरी बनाइएको एक बालिकाले गुलेलीले फूल प्रहार गरेको अंकित चित्र भाइरल भएसँगै सो चित्र कसले बनाएका हुन् भन्ने बारे चर्चा चलेको थियो।

धेरैले उक्त आकृति ग्राफिटी कलाकार ब्यांकसीले गरेको अनुमान गरेका थिए। फेब्रुअरी १४ सुरु हुनु केही घण्टा अगाडी मात्रै  ब्यांकसी इनस्टाग्राममार्फत उक्त तस्विर पोस्ट गरी अनुमानको पुष्टि गरेका छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Banksy (@banksy) on

उडरुप भन्छन्,' मलाई यो भ्यालेनटाइन थिम मनपर्‍यो। भ्यालेनटाइन डे भएकोले यो निकै विशेष छ। थ्रीडी फूलहरु उत्कृष्ट छन्।'

भित्तामा बनाइएको फूलहरु केही चोरी भइसके। त्यसैले बालिकाको आकृति र फूलहरुलाई हाल प्लास्टिकले छोपेर संरक्षण गर्ने प्रयास गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell