PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण



एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण
फोटो : xinhuanet.com

बेइजिङ : चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रवार जानकारी गराएको छ। यो सङ्ख्या कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका कूल विरामीको ३.८ प्रतिशत हो।

एनएचसीका उप–निर्देशक चेन यिक्सिनले पत्रकार सम्मेलनमा भने, 'सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये छ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ।' कोभिड–१९ बाट मृत्यु हुने स्वास्थ्यकर्मीको सङ्ख्या कूल मृतक सङ्ख्याको ०.४ प्रतिशत रहेको उनले बताए। 

कोभिड–१९बाट सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये एक हजार ५०२ अर्थात् ८७.५ प्रतिशत नयाँ भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा रहेको चीनले जानकारी गराएको छ। हुबेईको प्रान्तीय राजधानी वुहान सहरमा सबैभन्दा धेरै एक हजार १०२ अर्थात् ७३.४ प्रतिशत स्वास्थ्यकर्मी सङ्क्रमित रहेका उप–निर्देशक चेनले बताए। -सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell