PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

गिरिजाले निर्वाचन विथोल्न ठोक्नुपर्‍यो भनेकै हुन्, प्रचण्डले अलिकति बढाई चढाई गरे : बाबुराम



गिरिजाले निर्वाचन विथोल्न ठोक्नुपर्‍यो भनेकै हुन्, प्रचण्डले अलिकति बढाई चढाई गरे : बाबुराम

काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरलाका बारेमा दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन्।

शुक्रबार पत्रकारहरुसँगको कुराकानीमा डा. भट्टराईले तत्कालिन राजा ज्ञानेन्द्रले शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका स्व. गिरिजा प्रसाद कोइरालाले आग्रह गरेको बताएका हुन्।  

१२ बुंदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजी ढंगले अघि बढ्ने सहमति भएको उनले बताए।

 ‘प्रचण्डको सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्ने बानी छ। उत्तेजना फैलाउने स्वभाव छ। १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ। मलाई याद छ। उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो ', बाबुरामले भने,' पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन। हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा) ले ठोक्नुपर्‍यो भनेर चाँही भनेको हो। लौन कारवाही अगाडी बढाउनुपर्‍यो यो उहाँले भनेको हो, म पनि साँक्षी थिए।'

बाबुरामले गिरिजाप्रसादले एकदुई पटक भनेको कुरालाई युद्धभरी भनेजस्तो गरी प्रस्तुत गर्नु नहुने भन्दै भने, ' उहाँले नगरपालिका निर्वाचन विथोल्न अलिअलि फौजी कारवाही बढाउनुपर्‍यो भनेको हो।’

नेकपा अध्यक्ष दाहालले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा जनयुद्धका बेला तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग फोनमा कुराकानी भएको फैजी कारवाही बढाउन आग्रह गरेको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell