PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोना भाइरसविरुद्धको लडाईमा खटिएका जोडीहरु, अस्पतालमै भ्यालेन्टाइनदेखि विवाहोत्सव



कोरोना भाइरसविरुद्धको लडाईमा खटिएका जोडीहरु, अस्पतालमै भ्यालेन्टाइनदेखि विवाहोत्सव

शुक्रवार विश्वले प्रेम दिवस मनायो। आफ्ना प्रेमी प्रेमिकासँग मिलनसहित। कतिले आफ्ना श्रीमानश्रीमतीसँग रोमान्टिक पलहरु बिताए। सबैका लागि त्यो अवसर मिलेन।

काङ पोयीन र वु युआनजुन यस्तै जोडीमध्येका एक हुन्। उनीहरुका लागि यो भ्यालेन्टाइन डे विशेष पनि थियो, छैठौँ विवाह वर्षगाँठ। उनीहरुले त्यस दिन कुनै रोमान्टिक पल त विताउन पाएनन्। तर, पनि उनीहरुका लागि यो दिन मानव सेवाको इतिहासमा दर्ज भयो।

काङ र वु दुबै वुहानस्थित जिनयीनथान अस्पतालमा कार्यरत छन्। नोवेल कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर'मा रहेको अस्सपतालमा कार्यरत उनीहरु आउटब्रेक भएसँगै दैनिक संक्रमितहरुको सेवामा तल्लिन छन्।

चीनमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस अहिलेसम्म ६५ हजार बढीमा देखिइसकेको छ। त्यस्तै १६ सय बढीको ज्यान लिइसकेको छ। नोवेल कोरोना भाइरसविरुद्धको यो लडाइको अग्रमोर्चामा काङ र वु जस्तै अनेकौँ जोडिहरु खटिइरहेका छन्।

४२ वर्षीय लिउ वेइ र ४४ वर्षिया फाङ क्वयान पनि यस्तै जोडी मध्येमा पर्छन्। यी दुबैको पहिलो भेट पनि अस्पतालमै भएको थियो। उनीहरु जिनयीनथान अस्पतालमा काम गर्ने क्रममा प्रेममा परे। २००२ मा विवाह गरे।

उनीहरुकी एक छोरी छन्, जो अहिले 'गाओखाओ' (क्याम्पसको प्रवेश परीक्षा)को तयारीमा छिन्। यो जोडीले कोरोना भाइरस आउटब्रेक भएसँगै आफ्नी छोरीलाई उनकी काकीकोमा पठाए।

अस्पतालमै काम गरिरहेका उनीहरुलाई सन्देश आयो, उनकी एकमात्र छोरीलाई 'सेभर एनिमिया' भएको। उनकी छोरी अझै स्वस्थ भइसकेकी छैनन्। यो सन्देश सुन्दा फाङको आँखामा आशु टिलिपिलाइरहेका छन्।

हुआङ हानपिङ, ५४ र झाङ ली ५१ दुबै वुहानकै जिनयिनथान अस्पतालका चिकित्सक हुन्। दुबै वुहान विश्वविद्यालयको स्कलु अफ मेडिसनका विद्यार्थी थिए। उनीहरुको पहिलो भेट १९८८ को मे दिवसको बिदाको दिन भएको हो। अध्ययन सकिएसँगै उनीहरु विवाद गरे र सँगै काम पनि थाले। अहिले यो जोडी युवा अवस्थामा जस्तै दिनरात नोवेल कोरोना भाइरस विरुद्धको लडाइको अग्रमोर्चामा खटिएका छन्।

सामान्य अवस्थामा उनीहरु दुबै आ-आफ्ना विभागमा काम गरिरहेका हुन्थे। नोवेल कोरोना भाइरसको आउटब्रेकसँगै एकसाथ काम गरिरहेका छन्। उनीहरुले लगाउने प्रोएक्टिभ सुटमा दुबैले एकअर्काको नामसमेत लेखेका छन्। उनीहरुका दुई छोरीको विवाह भइसकेको छ। 'कोरोना आउटब्रेक भए पनि हामीहरुलाई कुनै चिन्ता छैन,' उनीहरु भन्छन्। उनीहरुमा एउटा चाहना भने छ, महामारी नियन्त्रणमा आएपछि उनी विश्वविद्यालयमा पुगेर चेरी फक्रिरहेको हेर्ने।

४२ वर्षीय चोउ सिया साउथ बिल्डिङ नं ३ सह निर्देशक हुन्। त्यस्तै ४२ वर्षिया याङ चिनफङ यही बिल्डिङको जनरल वार्डकी चिकित्सक। वुहान जिनयिनथान अस्पतालमा २००१ मा काम सुरु गरेका उनीहरुले २००३ मा विवाह गरेका थिए।

कोरोना भाइरसको आउटब्रेक भएसँगै उनीहरु अग्रमोर्चामा रहेर काम गरिरहेका छन्। उनीहरुसँग एक अर्काका लागि थोरै पनि समय छैन। दुबै काम गर्ने भवनहरु नजिकै छन्। तर पनि उनीहरुसँग एक अर्कलाई भेट्ने समय पनि छैन। उनीहरु आशावादी छन् की महामारी चाँडै नियन्त्रणमा आउने छ र उनीहरुले आफ्ना दुई सन्तानलाई बेइजिङको पेकिङ युनिभर्सिटी र सिङह्वा युनिभर्सिटी घुमाउन लैजाने छन्।

३६ वर्षिय तङ स्योङबो र उनकी ३५ वर्षीया श्रीमती सिया जियाछियाङ १० वर्ष अगाडि विवाह बन्धनमा बाँधिएका हुन्। उनीहरु दुबै अस्पतालमा काम गर्छन्। कोरोना भाइरसको आउट ब्रेक भएसँगै तङ काम गर्ने कम्प्युटराइज टोमोग्राफी विभागमा कामको चाप बढेको छ।

उनीमात्र होइन् उनकी श्रीमती सिया पनि आफ्नो काममा व्यस्त छिन्। नर्स सिया यतिवेला विरामीहरुको सेवामा अनवरत तल्लिन छन्। उनीहरु दुबै एक महिनादेखि आफ्नो घरमा पुगेका छैनन्। उनीहरु अग्रपंक्तिमा रहेर कोरोना भाइरसका संक्रमितहरुको सेवामा तल्लिन छन्।

लि यी र उनकी पत्नी दिङ हान पहिलोपटक २००२ मा अस्पतालमै भेट भएका हुन्। उनीहरुले २००४ मा प्रेमविवाह गरे। कोरोना आउटब्रेक भएसँगै उनीहरु दुबै अग्रपंक्तिमा रहेर अस्पतालमा खटिएका छन्।

ली दोङहुवा र वु सुआङ दुबै क्वाङसी मेडिकल युनिभर्सिटीका विद्यार्थी हुन्। हाल दुबै जिनयिनथान अस्पतालमा काम गरिरहेका छन्। ३९ वर्षीय उनीहरु विद्यार्थी जीवनमै प्रेममा थिए। २००९ मा विवाह गरेका उनीहरुकी ७ वर्षिया छोरी छन्। हाल उनी हैनानमा छन्।जनवरी २० देखि उनीहरु वुहानमा आएर कोरोना भाइरसविरुद्धको लडाइमा होमिएका हुन्। उनीहरु दुबै फरक फरक होटेलमा बसिरहेका छन्।

५६ वर्षीय चिकित्सक वु चिछियाङ अस्पतालको क्लिनिकल ल्याबमा काम गर्छन्। ५७ वर्षीया उनकी पत्नी सियोङ यान प्रयोगशालाकी न्यूकिलियर एसिड टेस्टकी इन्चार्ज हुन्। उनीहरु दुबै अहिले वुहानमै कोरोना भाइरसविरुद्ध खटिएका छन्।

५१ वर्षीय झाङ साओविन वुहानस्थित नयाँ बनेको अस्पतालको उत्तरतर्फको भवनको चौथो तलाको आइसोलेसन वार्डमा काम गरिरहेका छन्। उनकी श्रीमती ४७ वर्षिया वाङ फाङ दोस्रो तलामा नर्सको रुपमा खटिइरहेकी छन्।

तु चाओ र उनकी श्रीमती चङ फाङ पनि वुहानमा नयाँ बनेको अस्पतालमा काम गरिरहेका छन्। तु आइसीयुका इन्चार्ज छन्। चङ अस्पतालकी हेड नर्स हुन्। यी दुबै २० वर्ष अगाडि विवाह गरेका हुन्।

४२ वर्षीय यु थिङ जिनयिनथान अस्पतालको साउथ विल्डिङको चौथो तलाका इन्चार्ज हुन्। उनकी पत्नी ३७ वर्षीया तिङ ना सोही विल्डिङको छैठौँ तलामा नर्सको रुपमा कार्यरत छन्। २००८ मा विवाह गरेका उनीहरुकी एक छोरी छन्।

वुहानमा कोरोना भाइरस आउट ब्रेक भएसँगै डिसेम्बर ३० देखि उनीहरु कोरोना भाइरसविरुद्धको लडाइमा अग्रपंक्तिमा रहेका काम गरिरहेका छन्। उनीहरु दुबै कहिलेकाहीमा पत्र कपडा फेर्न घर जाने गर्छन्।

५० वर्षीय हु हुओपिङ रेडियोलोजी डिपार्टमेन्टका इन्चार्ज हुन्। उनकी पत्नी ५० वर्षीय अस्पतालको स्पलाइ रुपकी नर्स इन्चार्ज हुन्। उनीहरु दुबै यतिवेला नोवेल कोरोना भाइरसविरुद्धको लडाइमा अग्रपंक्तिमा खटिएका छन्।

स्वास्थ्यकर्मी मात्र होइन नोवेल कोरोना भाइरस विरुद्धको यो लडाइमा अन्य प्राविधिकहरुको पनि उत्तिकै योगदान पुर्‍याइरहेका छन्।

मी हफङ एम्बुलेन्स चालक हुन्। उनकी श्रीमती चन ली अस्पतालको क्यान्टिनमा काम गर्छिन्। उनीहरु दुबै कोरोना भाइरस आउटब्रेकसँगै दिनरात काम गरिरहेका छन्।

फोटोहरु : चाइना डेली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell