PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रदेश २ का अर्थमन्त्रीको आश्वासन : उपभोक्ता समितिले गत वर्षको भुक्तानी छिट्टै पाउनेछन्



सुमित मिश्र

प्रदेश २ का अर्थमन्त्रीको आश्वासन : उपभोक्ता समितिले गत वर्षको भुक्तानी छिट्टै पाउनेछन्

जनकपुरधाम : प्रदेश नम्बर २ का आर्थिक, मामिला तथा योजनामन्त्री विजय कुमार यादवले गत आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत भएको विकास निर्माण कामको बाँकी भुक्तानी चाँडै हुने अश्वासन दिएका छन्।

मन्त्रालयले आज साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले प्रदेशको सर्वोच्च निकाय प्रदेश सभाले निर्देशनात्मक आदेश गरेको र मन्त्रिपरिषद्को बैठकले समेत भुक्तानी दिने निर्णय गरिसकेको हुँदा भुक्तानी दिन कुनै कानुनी अड्चन नरहेको बताए।

गत आर्थिक वर्षको बाँकी भुक्तानीको लागि विभिन्न मन्त्रालयहरुले माग गरेको थप बजेट सम्बन्धमा अर्थ मन्त्रालयले सुनिश्चितताको पत्र पठाइ सकेको उनले बताए। अब आवश्यक प्रक्रियाहरु पूरा गरि मन्त्रालयले पत्र पठाएपछि अर्थ मन्त्रालयबाट रकम निकास हुने मन्त्री  यादवले बताए।

बाँकी रकम भुक्तानीको लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले ३२ करोड ८८ लाख ७४ हजार २५४, सामाजिक विकास मन्त्रालयले २७ करोड ७३ लाख २० हजार ४११, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले १५ करोड ७ लाख ७५ हजार ७१३ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १ करोड ५८ लाख ९९ हजार ७१५ रुपैयाँ थप रकम आर्थिक मामिला तथा योजना मन्त्रालयसँग माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell