PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पूर्व सांसद ज्ञवालीको निधनप्रति राष्ट्रियसभाद्वारा शोकप्रस्ताव पारित



पूर्व सांसद ज्ञवालीको निधनप्रति राष्ट्रियसभाद्वारा शोकप्रस्ताव पारित

काठमाडौँ : राष्ट्रियसभाले पूर्वसांसद भागवत ज्ञवालीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।  आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित एक मिनेट मौनधारणसमेत गरिएको छ।
 
पूर्वसांसद ज्ञवाली विसं २०४८ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका तर्फबाट गुल्मी जिल्ला क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। नेपाली काँग्रेस गुल्मीका प्रथम जिल्ला सभापति ज्ञवालीको ७५ वर्षको उमेरमा आज बिहान ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा अल्सर रोगबाट निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell