PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

कारमै सुतेर रात कटाउँछन वुहानमा खटिएका चिकित्सक

कारमै सुतेर रात कटाउँछन वुहानमा खटिएका चिकित्सक


फोटोहरु : चाइना डेली

नोवेल कोरोना भाइरसको आउटब्रेक इपिसेन्टर चीनको हुवेइ प्रान्तको राजधानी वुहानमा रातारात अस्पताल बनाइए। चीनका हरेक शहरबाट चिकित्सकहरु बोलाइए। यसरी ल्याइएका चिकित्सकहरु दिनभर अस्पतालका आइसोलेसन वार्डमा खटिन्छन्। सडकमा पार्क गरेर राखिएको कारमा रात कटाउँछन्।

४४ वर्षिय थु सङ्गजिन र ४० वर्षिया चाओ सान श्रीमान श्रीमती हुन्। वुहानमा नोवेल कोरोना भाइरसका लागि बनाइएको जिनयीनथान अस्पतालमा उनीहरु खटिएका हुन्। फेब्रुअरी १६ को रात उनीहरु अस्पताल अगाडि पार्क गरिरहेको कारमा सुत्ने तरखर गर्दै थिए। नोवेल कोरोना भाइरस आउट ब्रेक भएसँगै यो २३ औं रात उनीहरु यस्तै गरी कारमा सुतिरहेका छन्।

थु अस्पतालको दक्षिण तर्फको भवनमा छैठौं तलामा काम गर्छन्। उनकी श्रीमती चाओ प्याडियार्टिक वार्डकी नर्स अहिले सोही भवनको दोस्रो तलामा बनाइएको आइसोलेसन वार्डमा काम गर्दै आएकी छन्।

कोरोनाका कारण वुहान अस्पतालका निर्देशकको मृत्यु



ट्रेन्डिङ पोस्ट

Ncell