PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फिल्म ‘८३’मा दीपिकाको केमियो रोल : क्रिकेटर कपिल देवकी श्रीमतीको भूमिकामा देखिँदै



फिल्म ‘८३’मा दीपिकाको केमियो रोल : क्रिकेटर कपिल देवकी श्रीमतीको भूमिकामा देखिँदै
रणवीर सिंह र दीपिका पादुकोण। Photo: Instagram.com/deepikapadukone

मुम्बई : बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला फिल्म ‘८३’ को छायांकनमा व्यस्त छिन्। हालै यसै फिल्मबाट दीपिकाको पहिलो लुक्स सार्वजनिक भएको छ

सार्वजनिक तस्विरमा उनी क्रिकेटर कपिल देवको श्रीमती रोमी भाटियाको लुक्समा देखिएकी छिन्। किकेटर कपिल देवको जीवन कथामा निर्माण हुन लागेको यस फिल्ममा दीपिका उनको श्रीमती रोमीको भूमिका निर्वाह गर्दैछिन्।

फिल्ममा उनको मुख्य भूमिका नभएर केमियो रोल छ। तर दीपिकाले यस फिल्ममा केमियो रोल भएपनि यो फिल्म आफ्नो लागि निकै महत्वपूर्ण रहेको बताएकी छिन्।

 

‘भारतीय खेलकुदको इतिहासमा सबैभन्दा प्रतिष्ठित क्षणमध्येको महत्पूर्ण भूमिका मैले निर्वाह गरेकी छु’, उनले भनिन्, ‘छोटो भएपनि महत्वपूर्ण भूमिका निभाउन पाँउदा सम्मानित महसुस गरेकी छु। एक पतिको पेशा र व्यक्तिगत जीवनमा श्रीमातीको कति महत्वपूर्ण भूमिका हुन्छ भनेर मैले मेरी आमालाई नजिकबाट देखेको छु। मलाई लाग्छ, यो फिल्म हरेक महिलामा समर्पित छ, जसले श्रीमानको सपनालाई आफ्नो सपना भन्दा अगाडी राखेका छन्।’

कबिर खान निर्देशित यस फिल्ममा रणवीर सिंह र दीपिका पादुकोणसँगै ताहिर राज भसीन, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, हार्डी संधू, एमी विर्क, बोमन ईरानी र पंकज त्रिपाठी लगायतका कलाकारले अभिनय गरेका छन्।

हिन्दी, तमिल र तेलेगु भाषामा निर्माण भइरहेको यो फिल्म २०२० अप्रिल १० मा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell