PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रजातन्त्र दिवस गणतन्त्रको पहिलो खुड्किलो : मुख्यमन्त्री राउत



सुमित मिश्र

प्रजातन्त्र दिवस गणतन्त्रको पहिलो खुड्किलो : मुख्यमन्त्री राउत

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुडकिलो रहेको बताएका छन्।
 
७० औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश २ सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रजातन्त्र एवं संघीय लोकतान्त्रिक गणतन्त्रको लागि वलिदानी दिएका सयौं विर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको वीर योद्धाहरुप्रति सम्मानसमेत प्रकट गरेका थिए।
 
लोकतन्त्रको उच्चतम विन्दु संघीय लोकतान्त्रिक गणतन्त्र आइ सकेको अवस्थामा वीर शहीद एवं योद्धाहरुले देखेको समृद्धि र विकासको सपना पुरा गर्ने जिम्मा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको काँधमा आएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले इमान्दारिताका साथ काम गर्नु आजको आवश्यका रहेको उल्लेख गरे।
 
उनले विभिन्न आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दाका कारण जेल जीवन यापन गरिरहेका योद्धाहरुको मुद्दा फिर्ता लिन संघीय सरकार संग आग्रहसमेत गरे। 

कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले प्रमुख अतिथिको आसन बाट झण्डोतोलन गरेका थिए। 

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव रामकृष्ण सुवेदी, जनकपुर उपमहानगरका उपप्रमुख रिता मिश्रसहितको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell