PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गुन्डागर्दीमा संलग्न एक जना प्रहरीको नियन्त्रणमा



गुन्डागर्दीमा संलग्न एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं : गुन्डागर्दीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर-३ बोल्दे घर भएका ३७ वर्षीय पासलाल तामाङलाई नियन्त्रणमा लिएको हो।

तामाङले बलेफी हाईड्रोपावरमा काम गर्ने ठेकदार र अरु ब्यक्तिहरुलाई पनि हातहतियार देखाई ज्यान मार्ने, हात खुट्टा भाँचिदिने धाक-धम्की दिएकाले नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

तामाङ कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तान गरि छुटेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell