PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेहा कक्कडको पूर्वप्रेमी हिमांशलाई चेतावनी, ‘चर्चित हुनको लागि मेरो नामको प्रयोग नगर्नुस्’



नेहा कक्कडको पूर्वप्रेमी हिमांशलाई चेतावनी, ‘चर्चित हुनको लागि मेरो नामको प्रयोग नगर्नुस्’

मुम्बई : चर्चित गायिका नेहा कक्कडको अभिनेता हिमांश कोहलीसँग ब्रेकअप भएको वर्षदिन बढी भइसकेको छ। ब्रेकअप भएदेखि नै नेहाले मिडियामा प्रेमी हिमान्ससँगको ब्रेकअपको बारेमा खुलेर कुरा गर्दै आएकी थिइन्।

तर, हिमांसले भने नेहा र आफ्नो ब्रेकअपको बारेमा मुख खोलेका थिएनन्। हालै एक अन्तर्वार्तामा हिमांशले नेहासँगको ब्रेकअपको बारेमा खुलेर कुरा गरेका छन्। जसको कारण नेहा उनीप्रति आक्रोशित बनेकी छिन्।

हिमांसले अन्तर्वातामा भनेका थिए, ‘मेरो नेहासँगै बिहे गर्ने सोच थियो तर नेहाले नै यो सम्बन्धलाई अगाडी बढाउन चाहिनन्।’

हिमांशले आफूले मात्र आरोप प्रत्यारोप खेप्नुपरेको समेत बताएका छन्। ब्रेकअप गर्ने निर्णय नेहाको भए पनि आफूलाई सामाजिक सञ्जालबाट बदनाम गरिएको हिमांशले आरोप लगाएका छन्। हिमांशले ब्रेकअपको बारेमा मुख खोलेपछि नेहा कक्कडले सामाजिक सञ्जालमा आक्रोश पोखेकी छिन्

उनले लेखेकी छिन्, ‘मान्छेहरुले जे भने पनि मलाई केहि फरक पर्दैन। तर मलाई फेक भनेको मन पर्दैन। मेरो नामको प्रयोग नगर्नु होला। चर्चित हुनको लागि मेरो नामको प्रयोग नगर्नुस्। यदि मैले मेरो मुख खोल्न शुरु गरेँ भने तिम्रो आमा, बुवा र बहिनीको कर्तुत पनि खोल्छु। उनीहरुले ममाथि कस्तो व्यवहार गरेका थिए, मलाई के–के भनेका थिए। मेरो नाम प्रयोग गरेर आफूलाई बिचरा बनाउने कोसिस नगर। मबाट टाढै बस र मेरो नामबाट पनि।’

नेहाले हिमांशलाई आफ्नो नाम प्रयोग गरेर चर्चामा नआउन कडा चेतावनी दिएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell