PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई



सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई

काठमाडौं : सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई दिएको छ। गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधिमन्त्रीको पदबाट राजीनामा दिएपछि खतिवडालाई सो जिम्मेवारी दिइएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाले सम्हाल्दै आएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारीमा खतिवडालाई तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ। त्यस्तै बाँस्कोटाले नै सम्हालेका सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङलाई दिइएको छ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिसन माग गरेको अडियो संवाद सार्वजनिक भएपछि बाँस्कोटाले नैतिकताको आधारमा बिहीवार राजीनामा दिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell